डिल्लीराम खतिवडा

अभावै अभावमा टप्पुवासी

न शिक्षाको व्यवस्था न त भरपर्दो स्वास्थ्य सेवा । खानेपानी, बिजुलीजस्ता सुविधा पनि छैनन् । उदयपुर र सुनसरीको सीमा चिलिया टप्पुका बासिन्दाले भोग्नुपरेको समस्या हो यो ।

लोकमार्गको पूर्वी खण्डमा कालोपत्रे

सरकारको पहिलो प्राथमिकतामा परेका धरान–चतरा–सिन्धुली–हेटौंडा सडक (मदन भण्डारी लोकमार्ग) अन्तर्गत पूर्वी खण्डमा आइतबारदेखि कालोपत्रे गर्ने काम सुरु भएको छ । त्रियुगा नगरपालिकाको चुहाडे–गाईघाट खण्डबाट कालोपत्रे थालिएको हो ।

सडक निर्माण, विकासभन्दा विनाश बढी

प्राविधिकको जाँचबिना नै प्रतिस्प्रर्धा र प्रतिष्ठाका रूपमा ग्रामीण क्षेत्रमा सडक निर्माण हुने क्रम रोकिएको छैन । यी सडकमा यातायातका साधन चल्ने भन्दा पनि प्राकृतिक जोखिम बढाएका छन् । 

पिकनिकबाट फर्कंदै गरेको ट्याक्टर दुर्घटना, ३ को मृत्यु, २७ घाइते 

बेलका नगरपालिकामा आइतबार भएको ट्याक्टर दुर्घटनामा दुई युवतीसहित ३ को मृत्यु भएको छ । २७ घाइते भएका छन् । 

विद्यालयका शौचालय प्रयोगविहीन

कटारी नगरपालिकाको लेखानीदेखि बेलकाको मैनामैनीसम्मका दर्जनौं विद्यालयमा शौचालय निर्माण गरिएका छन् । सरकारी तथा गैरसकारी संस्थाका आर्थिक र भौतिक सहयोगमा शौचालय बनेका हुन् । ती शौचालय पानी नहुँदा प्रयोगविहीन भएका छन् ।

डिल्लीराम खतिवडाका लेखहरु :

राष्ट्रिय गौरवको वैकल्पिक मार्ग निर्माण तीव्र

वैकल्पिक मार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अहिलेकै अवस्थामा निर्माण भइरहे लक्ष्यअनुसार नै काम सम्पन्न हुने निश्चित छ ।

सरकारी जग्गा अतिक्रमण

त्रियुगा नगरपालिका १३ स्थित सरकारी स्वामित्वको विमानस्थलको १७ बिघा जग्गा अतिक्रमण भएको छ । २०३१ सालतिर विमानस्थल निर्माण गर्ने भनेर हवाई फिल्ड नामकरण गरिएको थियो ।