लालप्रसाद शर्मा

लालप्रसाद शर्माका लेखहरु :

जग्गा नपाउँदा गण्डकी प्रादेशिक औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी प्रदेश सरकारले गौरवको आयोजनामा समेटेकोमध्य एक हो प्रादेशिक औद्योगिक क्षेत्र निर्माण । यसका लागि पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ र देवचुली नगरपालिका–१० को सीमा लोकाहा खोला क्षेत्र, पोखरा महानगरपालिका–३३ भोटेपोखरी र तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तल्लोपुँडीटारमा जग्गाको छनोट भइसकेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका दिन आइतबार पोखरा महानगरमा सार्वजनिक बिदा 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन् । 

गण्डकी प्रदेशको अधिवेशन पुस १८ मा 

गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ सुरु हुने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेशसभा बैठक : गठबन्धनबाटै सरकारको कामप्रति असन्तुष्टि

गण्डकी प्रदेश सरकारमा सहभागी विभिन्न दलले नै सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको नवौ अधिवेशनको बिहीबार सुरु पहिलो बैठकमा बोल्दै माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले सरकार अपेक्षाकृत अघि नबढेको भन्दै आलोचना गरेका हुन् ।

पत्थरमा रैथाने कन्दमुलको परीक्षण [तस्बिरहरु]

ठाउँको नामै पत्थर । यही पत्थरमा अहिले कन्दमुलका प्रजातिमाथि अनुसन्धान सुरु गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा विभिन्न रैथाने जातका कन्दमुलको अनुसन्धान थालिएको हो । २५ रोपनी चट्टानी भिरालो जग्गा भाडामा लिएर गिठा, भ्याकुर, तरुल, ओल, सखरखण्ड, भार्लाङ, चुइया, त्यागुना, गुर्जो र पिडांलुजस्ता कन्दमुल रोपिएको हो ।