शिव पुरी

एन्फा ग्रासरुट फुटबल सुरु

बालबालिकाको खेल विकासका लागि अखिल नेपाल फुटबल संंघले एन्फा ‘ग्रासरुट फुटबल कार्यक्रम’ सुरु गरेको छ । चन्द्रपुर नगरपालिका–६ स्थित स्व.शेरबहादुर दर्लामी खेलमैदानमा सुरु भएको ग्रासरुट फुटबलमा जिल्लाका १३ निजी तथा सामुदायिक विद्यालयका छात्रछात्राको सहभागिता रहेको छ ।

धारा पाउँदा कुष्ठरोगी ‘मख्ख’

परोहा नगरपालिका–५ नमनग्रा टोलका ६० वर्षीय इनरदेव रामको अनुहारमा खुसीको सीमा छैन । शुक्रबार उनको झुपडीमै धारा गाडिदिएपछि मख्ख परेका हुन् । कुष्ठरोग लागेर गाउँ निकालामा परेपछि उनले धाराको पानी पिउन पाएका थिएनन् ।

दुई बालिका बलात्कृत

झारफुक गर्ने बहानामा यहाँको बौधिमाई नगरपालिकामा एक बालिका बलात्कार भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । त्यस्तै चन्द्रपुर नगरपालिकामा पनि एक बालिका बलात्कार भएकी छन् ।

निर्दोष समाएको भन्दै प्रहरी घेराउ

प्रहरीले निर्दोषलाई पक्रेर मुद्दा चलाएको भन्दै स्थानीयले सोमबार यहाँको बृन्दावन नगरपालिकास्थित बिश्रामपुरमा रहेको प्रहरी चौकी घेराउ गरेका छन् ।

एसिड प्रहार गरेको आरोपमा छिमेकी पक्राउ

रौतहटको चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता कुमारीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ । घटनाको ६ दिनपछि सोमबार एसिड प्रहार गरेको आरोपमा कीर्तिपुर अस्पतालबाट रामबाबु पासवान पक्राउ परेका हुन् ।

शिव पुरीका लेखहरु :

एसिड घाइतेको उपचारार्थ चन्दा संकलन

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आइतबार एसिड पीडितको घर पुग्दा हजुरबुवा सुकदेब दास बरन्डामा एक्लै टोलाइरहेका थिए ।

मुसहर वृद्धको पढाइ ‘मोह’

चढ्दो उमेर र अभावग्रस्त जिन्दगीलाई पन्छाएर चन्द्रपुर नगरपालिका १० बडेहरबाका अकलु मुसहर दिनहुँ विद्यालय जान्छन् । सामाजिक सेवासँगै उनी डुमरियास्थित श्रीमाविको कक्षा १० मा पढ्छन् ।

बलात्कारी जोगाउन सांसदको घरमा पञ्चायती

बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेशसभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ । पीडितलाई प्रहरीकहाँ आउन नदिई घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

सुतिरहेका दिदीबहिनीमाथि तेजाब

चन्द्रपुर नगरपालिका ६ की १८ वर्षीया सम्झना दास र बहिनी १५ वर्षीया सुस्मितालाई मंगलबार राति अज्ञात समूह अनुहारमा तेजाब हालेर भागेको छ । घरमा सुतिरहेको अवस्थामा दुवैजनाको अनुहारमा तेजाबले आक्रमण गरिएको हो । फरार भएकाको पहिचान हुन सकेको छैन ।

पुलको काम रोकियो

ठेकेदारले पुरानो दररेटमा निर्माणको काम गर्न नसक्ने भन्दै निहुँ खोज्न थालेपछि यहाँको राजदेवी नगरपालिका–३ स्थित निर्माणाधीन अवस्थामा काम बन्द छ । यसले रौतहट–सर्लाही सीमा पुलको निर्माण कार्य अन्यौल बनेको छ ।