२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पर्वत पोर्तेल

पर्वत पोर्तेलका लेखहरु :

डेढ महिनायता कोशीमा २ सय १७ आगलागीका घटना

मंसिर २५ मा मेचीनगर–४ बाहुनडाँगीको राईसिङ पुल टोलका प्रकाश चौहानको दुई तले गाई गोठमा अचानक आगो लाग्यो । खोले पकाउने क्रममा आगो लाग्दा जस्ताको छानो भएको गोठमा आंशिक क्षति भयो । काठपात र पराल जलेर नष्ट हुँदा करिब १ लाख २० हजारको भौतिक सम्पत्तिमा क्षति पुग्याे ।

चार देशका भन्सार अधिकारीबीच छलफल, व्यापार सहजीकरणमा पहल गर्ने

चार देशका भन्सार अधिकारीहरुको छलफलले सीमावर्ती क्षेत्रका भन्सार प्रशासनसँग सम्बन्धित समस्या पहिचान गरी एकअर्काले सहजीकरण गर्दै लैजाने निर्णय गरेको छ । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को पहलमा मंगलबार धुलाबारीस्थित मेची क्राउनमा सम्पन्न नेपालसहित भारत, बंगलादेश र भुटानका सीमावर्ती भन्सार अधिकारीहरुको चौथो बैठकले त्यस्तो निर्णय गरेको हो ।

‘भुटानी शरणार्थीका नयाँ पुस्तालाई केही वर्षपछि आफ्नै देशबारे थाहा हुन्न’

भुटानको तराई (दक्षिणी भेग) का साम्ची, चिराङ दागाना, सरपाङ, साम्डुपजोङखर र छुका जिल्लाको फुन्छोलिङ आसपासका नेपालीभाषीहरुलाई जोङ्खा भाषामा ‘ल्होछाम्पा’ भनिन्छ । ती ‘ल्होछाम्पा’ हरु सन् १९९० को दशकमा भुटानबाट अचानक लखेटिए । मेची तरेर कनकाई बगरमा आश्रित नेपालीभाषीहरुलाई सन् १९९२ पछि मात्रै दातृ निकायहरुको सहयोगमा नेपाल सरकारले टिमाई, गोल्धाप, खुदुनावारी, बेलडाँगी, पथरी–शनिश्चरे लगायतका शिविरहरुमा बस्ने व्यवस्था मिलाएको थियो ।

नेपाली चियालाई भारतीय बजारकै भर

चीनपछि सबैभन्दा बढी चिया उत्पादन गर्ने देश भारत भए पनि नेपाली उत्पादनको बजार भने भारतमै निर्भर  छ । पश्चिम बंगालसहित भारतका केही राज्यहरुमा नेपाली चिया खपत हुँदै आएको छ । युरोपलगायतका देशहरुमा नेपाली अर्थोडक्स चिया निर्यात गर्दै आएका उद्यमी उदय चापागाईंका अनुसार नेपालले वार्षिक करिब २ करोड ३० लाख किलो चिया उत्पादन गर्छ ।

आत्मविश्वासका साथ मैदानमा छु : महामन्त्री शर्मा

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उत्साहका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन् । झापा १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका शर्माले २०७४ को निर्वाचनको बेलाको भन्दा उत्साही भएर चुनावी मैदानमा आएको बताएका हुन् । 

दमक-१ मा एमालेको जित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडा अध्यक्ष उम्मेदवार हरि नेउपानेको प्यानल नै विजयी भएको हो ।

जसले सुपारीको सुप्लोबाट थाल-कचौरा बनाउने कारखानाको जग बसाए

देहाती गाउँ बुद्धशान्तिका किसानबाट संकलित सुपारी प्रशोधन गर्दै थिए, ७४ वर्षका नारायणप्रसाद रिजाल । सुपारी प्रशोधन गरी बजार पठाउने र त्यहाँबाट प्राप्त थोरै आम्दानीले उनी खुसी थिए । 

पोखरीमा डुबेर ६५ वर्षीय पुरुषको मृत्यु

पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर ९ पोकापाडा बस्ने अन्दाजी ६५ वर्षका  धनसिंह राजवंशीको मृत्यु भएको हो ।