घनश्याम खडका,

घनश्याम खडका,का लेखहरु :

बस्तीमै पुगेर योजना सम्झौता गर्दै अन्नपूर्ण गाउँपालिका

जिल्लाको अन्नपूर्ण गाउँपालिकाले टाढाटाढाका वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता प्रक्रियालाई सहज बनाउन बैंकसहित वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो । 

मोनाको महाधिवेशन बेनीमा सुरु

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को पाँचौं अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि बेनीमा सुरु भएको छ । असोज २८ गतेसम्मम सञ्चालन हुने अधिवेशनमा भाग लिन विश्वका विभिन्न २८ देशका ३ सय बढी प्रतिनिधिहरु आएका छन् । २०६४ सालमा स्थापना भएको मोनाको प्रत्येक २ वर्षमा म्याग्दीमै महाधिवेशन गर्ने चलन छ । 

मुस्ताङको मतदानस्थल हिँडेका कर्मचारी हिउँले बाटोमै रोकिए 

मुस्ताङको एक मतदान केन्द्र हिँडेको मतदान अधिकृत सहितको टोली बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि रोकिएको छ । मुस्ताङ प्रहरी प्रमुख डिएसपी रवीन्द्र पौडेलका अनुसार वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न नसकेका हुन् ।

निर्वाचन खर्च नबुझाउने म्याग्दीका ५०० उम्मेदवारलाई जरिवाना

स्थानीय तह निर्वाचनमा कानुनले तोकेको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने म्याग्दीका एक नगरपालिकासमेत ६ स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्ष/वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य पदका ५०० उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ । 

ढोरपाटनमा नेपालीले पनि बँदेल सिकार गर्न पाउने

देशकै एक मात्र सिकार खेल्ने ठाउँ ढोरपाटन सिकार आरक्षमा यस वर्षदेखि नेपालीले पनि सिकार खेल्न पाउने भएका छन् । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिजन (असोज–मंसिर)देखि नेपाली सिकारीलाई बँदेल सिकारमा सहभागी गराउन लागेको हो ।

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा गठबन्धन विजयी

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी ६ हजार ५ सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका चिरन्जिवी शर्माले ५ हजार १ सय ९८ मत पाएका थिए ।