कान्तिपुर टिम

कान्तिपुर टिमका लेखहरु :

चार प्रदेश सरकार अल्पमतमा

केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कांग्रेस नेतृत्वको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ भने वाग्मतीमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट बाहिरिएको कांग्रेसले समर्थन पनि फिर्ता लिएको छ । समर्थन फिर्तासँगै अल्पमतमा परेका चारै प्रदेशमा सरकार जोगाउने या नयाँ बनाउने भन्ने हिसाबकिताब भइरहेको छ ।

गण्डकी र सुदूरपश्चिममा कांग्रेसको ‘क्रस फायर’, माओवादी मन्त्री बर्खास्त

कांग्रेसहितको सातदलीय गठबन्धन भंग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारदेखि ४ राजनीतिक दलको सहकार्यमा नयाँ सत्ता समीकरणको यात्रा सुरु गरेपछि प्रदेश सरकारको नयाँ समीकरण बनाउन पनि कसरत सुरु भएको छ ।

युद्ध मैदानमा प्रियजन : अत्यासमा परिवार

दोलखा शैलुङ गाउँपालिका–३ का मेषबहादुर श्रेष्ठको परिवारमा पछिल्लो एक महिनादेखि अत्यास र छटपटी मात्रै छ । यसको एकमात्र कारण हो, रुसी सेनामा भर्ती भएका उनी सम्पर्कविहीन छन् । मेषबहादुरको अवस्था कस्तो छ भन्ने स्पष्ट खबर कतैतिरबाट नपाउँदा परिवार छटपटीमा छ ।

तीन वर्षअघि शिलान्यास भएका ६५५ आधारभूत अस्पतालमध्ये अधिकांश अलपत्र

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७/७८ को नीति तथा कार्यक्रममा घोषणा गरेको थियो– भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५, १० वा १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माण गरिनेछ । सोही नीतिअनुसार ०७७ साउन २८ मा ३९६ र पुस १२ मा २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो । तर तीन वर्षसम्म अधिकांश अस्पतालको निर्माण अलपत्र छ । 

११+... देश नलडेको युद्धमा नागरिकको मृत्यु कहिलेसम्म ?

सरकारले औपचारिक रूपमा जानकारी नगराए पनि रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ११ पुगिसकेको छ । थप अरू पनि मारिएको अनौपचारिक सूचना छ, तर पुष्टि हुने विवरण आइसकेका छैनन् । एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका मृत्युका घटनाबाट सजिलै अनुमान गर्न सकिन्छ– यो शृंखला यत्तिमै रोकिने देखिँदैन । 

स्थानीय तह जसले उदाहरण बनाउँदै छन्

तुलसीपुर उपमहानगरपालिका–३ अम्बासकी भावना खड्काको प्राविधिक विषय अध्ययन गर्ने रहर थियो । सानैमा अभिभावक गुमाएकी उनलाई रोजेको विषय पढ्न आर्थिक समस्या तगारो बन्यो । उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले निःशुल्क पढाउने भएपछि उनको सपना पूरा हुँदै छ । कलेजमा अहिले भावनाजस्ता ३ सयभन्दा बढी विपन्न परिवारका छात्राले निःशुल्क अध्ययन गरिरहेका छन् ।

बाढीपहिरोले ४ को मृत्यु, ७ बेपत्ता

सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सर्लाही, धनुषा र मकवानपुरमा गरी ४ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता छन् । तराईमा बाढी र पहाडमा पहिरोले धनजनको क्षति भएको छ । कैलालीमा ५ सय परिवार डुबानमा परेका छन् ।

आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

आँखा पाक्ने रोग फैलन थालेपछि धमाधम विद्यालय बन्द भएका छन् । विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न थालिएको हो ।

कडाइ लघुवित्तमाथि‚ सास्ती ऋणीलाई नै

लघुवित्त वित्तीय संस्थाहरूले अर्को ब्याज असुली गरेको विरोधमा धेरै प्रदर्शनहरू भए । लघुवित्तका ऋणीले आफ्ना गाउँबस्तीमा त प्रदर्शन गरे नै, संघीय राजधानी काठमाडौंमै प्रदर्शन गरेपछि भने नियामक राष्ट्र बैंकमाथि पनि दबाब बढ्यो ।

बनेका शीत भण्डारलाई बेवास्ता, नयाँ बनाउने लहर

स्याङ्जा, तनहुँ र गोरखाका रसिला सुन्तला, जुम्ला, मनाङ र मुस्ताङका स्याउ जेठ असारमा, मधेश प्रदेशका जिल्लाका आँप जाडो याममा बजारमा पाउन सम्भव भए के होला ? मौसमी तरकारी र फलफूलहरू फलेका बेला भाउ नपाएर बिग्रिने र फालिने हुनबाट जोगाउन शीत भण्डार (कोल्ड स्टोर) चाहिन्छ ।