२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अवधेशकुमार झा

झा कान्तिपुरका सप्तरी संवाददाता हुन् ।

अवधेशकुमार झाका लेखहरु :

पुलमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ सख्त घाइते

सप्तरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना सख्त घाइते भएका छन् ।  अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीस्थित भित्री सडक खण्डमा राजविराजबाट कंचनपुरतर्फ जाँदै गरेको प्र २–०१–००१ प ४९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किएको हो ।

उदयपुरमा नदीमा बेपत्ता १ को शव फेला, २ को खोजी हुँदै 

उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन बालकमध्ये एकको शव फेला परेको छ । 

संसद् बन्द गरेर विदेश भ्रमणमा जानु सभामुखको नाजायज काम हो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज कार्य भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख विदेश भ्रमणमा जानु गलत काम भएको बताएका हुन् । 

राजस्व छली प्रकरण : सिरहाको शारदा डिस्टीलरी सिल

अन्तशुल्कको एउटा स्टीकरलाई दुई टुक्रा पारी मदिराको बोतलमा लगाएर राजस्व छलेको आरोपमा सिरहाको गोलबजारस्थित शारदा डिस्टीलरी प्रालिमा सिल गरिएको छ । आन्तरिक राजस्व कार्यालय लहान सिरहामा बिहीबार उद्योगको प्रतिनिधिको रुपमा बयान दिन आएका सुपरभाइजर लोकबहादुर बस्नेत र सिरहाको माडरस्थित आशीष जनरल स्टोरका प्रोपराइटर ललनकुमार यादवलाई नियन्त्रणमा लिइएको छ । 

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष मिश्रले दिए राजीनामा

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार तयारी विकास समितिका अध्यक्ष प्राध्यापक डा. परसुराम मिश्रले राजीनामा दिएका छन् । 

एक क्वीन्टल २० किलो गाँजा बरामद 

सप्तरी प्रहरीले मंगलबार एक सय २० किलो गाजा बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार मंगलबार दिउँसो छिन्नमस्ता गाउँपालिका ३ महुवाबाट गाजा बरामद गरिएको हो ।

अन्तःशुल्कको एउटा स्टिकर दुई टुक्रा बनाइ प्रयोग

सिरहाको गोलबजार नगरपालिका–९ स्थित शारदा डिस्टिलरी प्रालिले सरकारी राजस्व छली गर्ने गरेको पाइएको छ । सो डिस्टिलरीले उत्पादन गर्ने मदिराको बोतलमा अन्तःशुल्कको एउटा स्टिकरलाई दुई टुक्रा पारी दुईवटा बोतलमा लगाई राजस्व छली गरेको पाइएको हो । 

अख्तियारमा स्थानीय तहका उजुरी धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरीका स्थानीय तहमध्ये बोदेवरसाइन नगरपालिकाबाट सबैभन्दा बढी उजुरी परेको पाइएको छ । चालु आर्थिक वर्षको आठ महिनामा अख्तियारको इटहरीस्थित कार्यालयमा बोदेवरसाइन नगरपालिकाबाटमात्रै ५३ वटा उजुरी परेका छन् । तीमध्ये १६ वटा उजुरी फर्छ्योट भएका सो कार्यालयका प्रमुख सुरेश न्योपानेले जानकारी दिए ।

उमेरहद नाघेका व्यक्तिलाई ऐनविपरीत नियुक्ति

सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा ऐनविपरीत उमेरहद नाघेका व्यक्तिलाई नियुक्ति गरेको पाइएको छ ।