रवीन्द्र उप्रेती

भारतीय भान्सामा नेपाली तरकारी

विषादीयुक्त भारतीय तरकारीले नेपाली बजार कब्जा गरेका बेला नेपालमा उत्पादित तरकारी पनि निर्यात हुन थालेको छ । महोत्तरीको व्यापारिक केन्द्र गौशाला बजारबाट अहिले दैनिक डेढ सयदेखि २ सय क्विन्टल तरकारी भारत निर्यात भइरहेको छ । 

बर्दिवास नगर कार्यालय अगाडि भेटिएकाे कुकर बम निष्क्रिय

बर्दिवास नगरपालिका कार्यालयनजिक सोमबार बिहान फेला परेकाे कुकर बम सेनाले निष्क्रिय पारेकाे छ । पूर्वपश्चिम राजमार्ग छेउस्थित नगर कार्यालयको मूल गेटनजिक कुकर बम भेटिएकाे थियाे ।

बिदामा पनि कार्यालयमै

शनिबार कार्यालय बन्द हुने परम्परा चन्द्रशमशेरका पालादेखि चलिआएको हो । नयाँ वर्ष प्रारम्भको अघिल्लो दिन शनिबारै परेकाले महोत्तरीको बर्दिवासका सरकारी कर्मचारी भने कार्यालयकै काममा व्यस्त रहे ।

सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ

महोत्तरीको दक्षिणी भेगका एकलो मूर्ति कलाकार रामनारायण पंडितलाई अहिले भ्याइ नभ्याइ छ । सरस्वती पूजा आउन ४ दिन बाँकी छँदा उनको व्यस्तता झन् बढेको हो ।

रवीन्द्र उप्रेतीका लेखहरु :

महोत्तरीबाट राष्ट्रिय परिचयपत्र बाँडिदै

संघीय सरकारले महोत्तरीमा यसै वर्षदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । आगामी २ वर्षभित्र मुलुकका सबै नागरिकलाई यो सुविधा पुर्‍याउने लक्ष्य छ । 

विवाहपञ्चमी उत्सव : जनकपुर आउने तीर्थयात्रीको लस्कर

विवाहपञ्चमीका अवसरमा रामजानकी मन्दिर दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको भीड लागेको छ । भीडका कारण भिट्ठामोड र जलेश्वरदेखि नै मेला र उत्सवको रौनक छ ।

नियन्त्रण भएन झाडा

भारतीय सीमासंग जुटेको जलेश्वर नगरपालिकाको वडा नं १२ नैनहीमा साताबढीले फैलिएको झाडापखाला अझै नियन्त्रण हुन सकेको छैन ।

तस्करीका नयाँ तरिकाः सागको झोलामा मरिच र सुपारी

सशस्त्र प्रहरीले सीमा नाकाबाट भारतर्फ तस्करी गरी लाँदै गरेको अवस्थामा शनिबार मरिच र सुपारीसहित साइकल र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।