२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कान्तिपुर जिल्ला ब्युरो

कान्तिपुर जिल्ला ब्युरोका लेखहरु :

हिमपातले ‘सुविकाल’

मुगुको सोरु गाउँपालिका–६ का धनलाल लुवार बिहीबार सेताम्ये हिउँ परेपछि उत्साहित बनेका छन् । पुसदेखि हिउँको प्रतीक्षा गर्दै बसेका उनलाई हिउँ परेपछि सुविकाल (सुखद समय) हुने आस पलाएको हो । ‘खडेरीले अनिकाल हुने चिन्ताले कहिले हिउँ पर्ला भनेर मन आत्तिएको थियो,’उनले भने, ‘आँगन सेतो हुने गरी हिउँ पर्दा मनै खुसी भयो ।’