जितेन्द्र साह

पुर्खाको चिनो इनार

घरको छेवैमा झन्डै १५ धुर जग्गामा इनार छ । सुरक्षाका लागि दुई फलामे ढोकासहित कलात्मक गोलाकार पर्खाल निर्माण गरिएको छ । पर्खालमाथि लहरे फूलका गमला राखिएका छन् ।

फड्को मार्दै इटहरी

जुँगाको रेखी राम्ररी नबस्दै जागिर गर्दै पढ्नलाई माधव भट्टराई सुनसरीको इटहरीमा पाइला राखे । निरन्तरको अथक श्रमपछि उनी हार्डवेयर पसल एवं रंग कारखानाका मालिक नै भए । एमबीएस (मास्टर अफ बिजनेस स्टडिज) उत्तीर्ण उनी बिहान कलेज पनि पढाउँछन् ।

डाँडा बन्यो सहर

पुष्पलाल चोक २०३० सालसम्म उब्जनी नहुने सुख्खा डाँडा थियो । पानी थिएन । वरिपरि वयरझाडी र सिमलको रुख थियो । दिउँसो एक्लै आउँदा डर लाग्थ्यो । पहाडबाट झरेकाको २० घरधुरी थियो । उनीहरू वरिपरिको खाली जग्गामा रहर छर्थे । सहर माझ बसेकाहरू यो थलोलाई दुर्गम ठान्थे । नक्सामा मात्र सडक थियो । रिक्सा र गाडी चल्दैन्थे । 

सारा पीडा भुलेर

भूकम्पको त्रासदी भोगेपछि सरकारी कोटामा पढ्न मधेस झरेका अति प्रभावित जिल्लाका ४० छात्रासँग तीन वर्षअघि पहिलोपटक विराटनगरको मधुमारास्थित छात्रावासमा भेट भएको थियाे । त्यतिबेला उनीहरू थिलथिलिएका थिए । मनभरी पीडाको पोको थियो । मनोबल टुटेको थियो । पढाइ पूरा गर्न नसकिएला कि भन्ने मनोदशामा थिए । 

जतुवामा पशु नपाल्ने घर छैन

हरेक घरको मुख्य द्वार र आँगनमै गोठ । गोठमा दुईचार गाईभैंसी । ती चौपायाको चाराको बन्दोबस्तीमा परिवारका युवायुवतीदेखि वृद्धवृद्धासम्म व्यस्त । विराटनगर महानगरपालिकाको दक्षिण यादव बहुल जतुवा बस्तीमा पुग्दा स्थानीय बासिन्दा चौपायाकै स्याहारमा व्यस्त देखिन्छन् ।

जितेन्द्र साहका लेखहरु :

फोहोर फाले जरिवाना

‘सावधान १ फोहोर फालेमा पाँच सय रूपैयाँ जरिवाना गरिनेछ ।’ महानगर विराटनगरको सरकारी कार्यालयहरूको अघिल्तिर एवं वडा पिच्छैको टोलबस्तीमा यस्तो बोर्ड झुन्डयाइएको वा पर्खालमा ठोकिएको देख्छौं । हजार वा पाँच हजार जरिवाना उल्लेखित सार्वजनिक सूचना टाँस गरिएको भने कमै भेटिन्छ ।

सहरीयामा बढ्दो विदेशी मोह

विपन्न र दलित समुदायका युवक सूर्य ऋषिदेवले कक्षा–४ सम्म पढ्न पाए । विराटनगर महानगरपालिका–४, खार्जीका ऋषिदेवको घरायशी अवस्था कमजोर भएकाले १८ वर्ष नकाट्दै भारत पुग्नुपर्‍यो । केही वर्ष उतै च्याउ खेतीमा काम गरेर परिवारलाई सघाए ।

लाग्यो फगुवा

मुलुकको धेरै भागमा बिहीबारबाट स्थानीय मौलिक संस्कृति एवं परम्पराअनुरूप होली पर्व सुरु भएको छ । देशभरि विभिन्न जाति तथा समुदायकाले होली मिलन समारोह र होली हंगामा कार्यक्रमको आयोजना गरिरहेका छन् ।

दुई महिनामै ८० आवेदकको राहदानी फारम फिर्ता

राहदानी विभागले जिल्ला प्रशासन कार्यालय मोरङलाई पुस र माघमा गरी ८० आवेदकको राहदानी फारम फिर्ता पठाएको छ । फारम नमिलेको भन्दै विभागले सेवाग्राहीलाई मोबाइल एसएमएस पठाइ सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

सरकारी अस्पतालको मोह

आइतबार, मंगलबार र बिहीबार । विराटनगरस्थित कोसी अञ्चल अस्पतालको बहिरङ विभागको तीन मेडिकल कक्षमध्ये एउटाको अघिल्तिर बिरामीको अचाक्ली भीड हुन्छ ।