भरत जर्घामगर

कुटपिटबाट सैनिकको मृत्यु पछि पुरुषले गाउँ छाडे

गाउँलेको कुटपिटबाट बिदामा घर आएका सैनिक जवानको मृत्यु भएपछि सिरहाको बरियारपट्टी-४ स्थित तेनुवापट्टी गाउँ सुनसान भएको छ ।

पञ्चावती मन्दिरमा घुइँचो

सिरहाको लहान नगरपालिका १५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा शनिबार मेलामा श्रद्धालुहरूको घुइँचो लागेको छ । वर्षेनी मेला भर्न आउने श्रद्धालुहरूको संख्या बढ्दो छ ।

खानी उत्खननले बस्ती जोखिममा

जथाभावी खानीजन्य पदार्थ उत्खनन गरिँदा धनगढीमाई नगरपालिका ८ मा रहेको महुलिया बस्ती जोखिममा परेको छ । बस्तीको दक्षिण, पूर्व र उत्तर तिनैतिर जथाभावी अवैध रुपमा खानीजन्य पदार्थ उत्खनन गर्दा बस्ती जोखिममा परेको हो ।

पंक्षीपालन सक्रिय महेश्वर

गाउँघरमा व्यावसायिक खेतीपाती, पशुपक्षी पालन छाडेर रोजगारीका लागि युवाहरू विदेसिने क्रम बढिरहेका बेला सिरहा धनगढीमाई नगरपालिका १३ का ५९ वर्षीय महेश्वर श्रेष्ठ भने नयाँनयाँ प्रजातिको पक्षीपालनमा सक्रिय छन् ।

खुला दिसामुक्त भएको एक वर्षपछि चर्पी

धनगढीमाई नगरपालिका १३ को दलित विपन्न मुसहर बस्तीका अधुरा शौचालय प्रयोगविहीन भएपछि वडा कार्यालयले शौचालय निर्माण सुरु गरेको छ । दलित मुसहर समुदायका ४५ घरधुरी रहेको बस्तीमा शौचालय निर्माणका क्रममा डेढ वर्षअघि धनगढीमाई नगरफालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

भरत जर्घामगरका लेखहरु :

गाउँलेकै नागरिकता छैन

नागरिकको पहिचानका लागि नागरिकता प्रमाणपत्र अनिवार्य छ । नागरिकता बिना राज्यको सेवासुविधा प्राप्तिबाट वञ्चित हुनुपर्ने मात्र होइन, जग्गा जमिन लिनसमेत सकिँदैन । तर त्यही नागरिकताविहीन छन् सिरहा शोभापुरका दलित मुसहर ।

एकैदिन फुल्ने फूल हेर्ने घुइँचो

१४ औं शताब्दीका प्रतापी राजा सलहेसको सम्झनामा सिरहा यति बेला मेलामय बनेको छ । राजा सलहेस र मालिनीको प्रेम गाथासँग जोडिएको ‘प्रणयस्थल’ फूलबारीमा आइतबार ‘सुनाखरी’ हेर्नेको घुइँचो लाग्यो ।

गुन्द्रुकको बिक्री बढ्दो

गाउँघरका महिला समूहले तयार गरेको गुन्द्रुक, बिरिया, औदारी, सुखौटीको माग बढ्दो छ । लहानमा सोमबार सुरु महोत्सवमा महिलाद्वारा गाउँघरमा तयार गरिएको ती सामग्री अत्यधिक बिक्री भएका छन् ।

दलित बस्ती निर्माण हुँदै

अति विपन्न दलित परिवारलाई लक्षित गरी सिरहाका दुई नगरपालिकाले गोलबजार र लहानमा नमुना एकीकृत दलित बस्ती निर्माणको सुरुवात गरेका छन् । थातथलोसम्म नभएका जिल्लाका दलित समुदायलाई सामूहिक आवास भवनका लागि नमुना एकीकृत बस्तीको निर्माण सुरु भएको हो । 

शिक्षकमाथि दुर्व्यवहार

आधारभूत विद्यालय धन्छवारका विद्यालय व्यवस्थापन समिति सदस्यले आफूले भनेको प्रअले नमानेको भन्दै शिक्षक हाजिरी पुस्तिका खोसेर लगेका छन् ।