३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जगदीश्वर पाण्डे

पाण्डे विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी विशेष गरेर परराष्ट्र, सुरक्षा र राजनीति मामिला सम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

जगदीश्वर पाण्डेका लेखहरु :

इजरायल–इरान शत्रु बनेका पुराना मित्र

इजरायल र हमासबीच चलिरहेको युद्धको कारण संकटग्रस्त पश्चिम एसिया क्षेत्रमा इरान जोडिएको छ । इरानले शनिबार इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेसँगै त्यस क्षेत्रको सुरक्षा चुनौती थप बढेको छ । पश्चिम एसिया भइरहेका हरेक गतिविधिको असर भने त्यस क्षेत्रमा मात्र सीमित छैन ।

इरानद्वारा इजरायलमाथि आक्रमण, पश्चिम एसिया थप तनावमा

इजरायलको जेरुसेलमस्थित मोहिनमा कार्यरत बाँकेका कुमार बुढा क्षेत्रीलाई शनिबार राति इरानले इजरायलमाथि आक्रमण गर्दै छ भन्ने पूर्वसूचना थियो । तर, त्यो आक्रमण कति भयानक हुन्छ भन्ने क्षेत्रीलाई आकलन थिएन । 

परराष्ट्रको पहल कर्मकाण्डी मात्र, कुशको दाहसंस्कार गर्दै आफन्त

गत माघ पहिलो साता युक्रेनको दोनवासबाट काठमाडौंकी बुद्धिमाया तामाङलाई फोन आयो, ‘तपाईंको श्रीमान् शुक्रबहादुरको युक्रेनसँग युद्ध लड्न गएको पहिलो दिनमा नै मृत्यु भयो ।’ खबर दिनेमा झोर महाँकाल–६, काठमाडौंका ४८ वर्षीय शुक्रबहादुरका साथीहरूमध्येका एक थिए । परिवारका अनुसार शुक्रबहादुरको समूहमा ४८ जना थिए । शुक्रबहादुरको मृत्युबारे भने फरक–फरक खबर थिए ।

जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन गृहकार्य

जलवायु परिवर्तनसम्बन्धी कानुन निर्माण गर्न गृहकार्य सुरु भएको छ । नेपाल कानुन आयोगले जलवायु परिवतनसम्बन्धी व्यवस्था गर्न आवश्यक कानुनका लागि विधेयकको मस्यौदा तयार पारेको हो ।

‘जलवायु कूटनीति’ मा अलमल

नेपाल सरकारले २०७६ चैत २० देखि २२ सम्म ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ को एजेन्डाका साथ पहिलो पटक सगरमाथा संवाद कार्यक्रम गर्ने घोषणा गरेको थियो । जलवायु परिवर्तनको विषयलाई लिएर प्रत्येक दुई वर्षमा गर्ने घोषणा गर्दै उक्त कार्यक्रमले अन्तर्राष्ट्रिय रुपमा नेपालको जलवायु कूटनीतिलाई नयाँ उचाईमा पुर्‍याउने मानिएको थियो ।

नेपाल हेर्ने चीनको ‘बेइजिङ प्लस थ्री’ नीति

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर सोमबार बिहान स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठको भ्रमण कूटनीति, राजनीतिक र धार्मिक रूपमा बढी चर्चामा रह्यो । तर चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा राजधानी बेइजिङसँगै अन्य थप तीन सहर भ्रमण गरेका उपप्रधानमन्त्री श्रेष्ठको यात्रा अर्थपूर्ण देखिन्छ ।

लगानी सम्मेलनको तयारीमा जुटे नेपाली नियोग

सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलन–२०२४ को तयारीमा विदेशस्थित नेपाली नियोग जुटेका छन् । तयारीस्वरूप कुनै नियोगले प्रि–समिट कार्यक्रम गरिसकेका छन् भने केहीले सम्बद्ध मुलुकमा रहेका व्यापारी तथा व्यवसायीसँग भेटवार्ता गरिरहेका छन् । साथै केही नियोग अझै कार्यक्रम गर्ने तयारीमा रहेको जनाइएको छ । 

लगानी सम्मेलन–२०२४ को लागि जुट्दै नियोगहरू

सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलन–२०२४ को पूर्वतयारीमा विदेशस्थित नेपाली नियोगहरू पनि जुटेका छन् । पूर्वतयारी स्वरुप कुनै नियोगहरूले प्रि–समिट कार्यक्रम गरिसकेका छन् भने केहीले सम्बन्धित मुलुकमा रहेका व्यापारी तथा व्यवसायीहरूसँग भेटवार्ता गरिरहेका छन् । साथै केही नियोगहरू अझै कार्यक्रम गर्ने तयारीमा समेत छन् ।

चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड

नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो । 

बीआरआई आयोजना फेरि पनि छलफलमै सीमित हुँदै

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण पनि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन छलफलमा सीमित हुने भएको छ । सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई परियोजनाअन्तर्गत नेपालले ३५ वटा परियोजनाको सूची पठाएको थियो । पछि चीनकै अनुरोधमा तिनलाई ९ मा सीमित गरिएको थियो तर कार्यान्वयनमा हस्ताक्षर भएको छैन ।