२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चन्द्र कार्की

चन्द्र कार्कीका लेखहरु :

गोलिया काठ बिक्रीबाट तेह्रथुमका किसानले कमाए ३८ करोड

जिल्लाका किसानले उक्तिस लगायतका गोलिया काठ बित्रीबाट एक वर्षमा ३८ करोड ४८ लाख २७ हजार ५ सय ५० रुपैयाँ आमदानी गरेका छन् । किसानले आफ्नो व्यक्तिगत जमिनमा खेती गरेको उत्तिस, चिलाउने, सल्लो, कटुस, सिरिस लगायतका १ लाख २८ हजार २ सय ७५ वटा रुख बिक्री गरी आम्दानी गरेका हुन् ।  

तेह्रथुममा मुख्य निर्वाचन अधिकृतद्वारा मतगणना परिसरमा जान पत्रकारलाई रोक

तेह्रथुममा मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले मतगणना परिसरमा प्रवेश गर्न जिल्लाका पत्रकारहरुलाई रोक लगाएका छन् । यसअघि प्रकाशित समाचारका विषयमा असन्तृष्टि जनाउँदै पोखरेलले जिल्लाका सबै पत्रकारलाई मतगणना परिसरसम्म जान पनि रोक लगाएका हुन् ।

छिर्के रोग र दुम्सीले आलु उत्पादन घट्यो

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित चित्रे गाउँका कृषक जगतबहादुर काफ्ले यति बेला चिन्तित छन् । तरकारी खेतीका अगुवा किसान काफ्लेको मुख्य आम्दानीको स्रोत आलु उत्पादन हो । तर, यस वर्ष देखा परेको छिर्के रोगका कारण काफ्ले मात्र नभएर त्यस क्षेत्रका कृषकको चिन्ता बढाएको छ ।

जता बाटो उतै व्यापार

सडक निर्माण भएर ढुवानी सुविधा भएपछि दुर्गम गाउँका केन्द्र पनि बजारमा परिणत हुँदै आएका छन् । ‘जता बाटो उतै व्यापार’ भन्ने उखान अहिले गाउँ-घरमा चरितार्थ भएको छ । जिल्लाका गाउँसम्मै सडक सञ्जाल विस्तार र व्यवस्थित हुँदै गएपछि बजारको व्यापार गाउँतिर पनि सरेको छ ।