प्रकाश अधिकारी

मन्त्रालयले बजेट बाँडफाँड गर्न सकेनन्

प्रदेश सरकारले आव ०७५/७६ को बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई कार्यक्रम खर्चका लागि ७ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गर्‍यो । वार्षिक विकास कार्यक्रम (रातो किताब) मा उल्लिखित शीर्षकगत बजेटलाई मन्त्रालयले अझैं टुंग्याउन सकेका छैनन् ।

सुस्त श्रवण स्कुल सधैं सुस्त

वीरेन्द्रनगर–८, खजुरास्थित सिद्ध सुस्त श्रवण स्कुलमा १६ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । सुस्त श्रवण (कान नसुन्ने) भएका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले ३० वर्षअघि स्थापित विद्यालयको अवस्था अझै उस्तै छ । केन्द्र सरकार टाढा छ, स्कुल नजिकैको स्थानीय र प्रदेश सरकारको नजरमा यो विद्यालय पर्न सकेको छैन ।

चार महिनादेखि संसदीय समिति नेतृत्वविहीन

संसद्ले थप छलफलका लागि ‘सामाजिक संघसंस्था नियमन गर्न बनेको विधेयक २०७५’ प्रदेशको सामाजिक विकास समितिमा पठाएको दुई महिना बितिसक्यो । बैठक सञ्चालन कार्यविधि बन्न ढिलाइले समितिमा उक्त विधेयकमाथि छलफल भएको छैन ।

२०० वर्ष पुरानो पौवा जस्ताको तस्तै

दुल्लु राज्य अस्तित्वमा रहँदा काजी थिए, जसपाउ थापा । खस राज्यको हिउँदे राजधानी दुल्लु थियो भने सिँजा ग्रीष्मकालीन राजधानी । जब हिउँद सुरु हुन्थ्यो, परिवारसहित शासकहरू दुल्लु झर्थे ।

जुम्ला घटना उच्छृंखल समूहका कारण : प्रदेश सरकार

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले चिकित्सा शिक्षा सुधारका लागि डा.गोविन्द केसी जुम्लामा अनशनरत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै अप्रिय घटना भएको बताएका छन् । 

प्रकाश अधिकारीका लेखहरु :

कर्णाली मन्त्रिपरिषद् बैठक : गृहमन्त्रीको नेतृत्वमा बाढीपीडितका समस्या समाधान समिति

चार वर्ष अघिको बाढीपहिरोबाट विस्थापित समुदायको पुनर्स्थापनाका लागि कर्णाली प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रदेशका गृह अर्थात् आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको हो ।

जिसस पदाधिकारीलाई अधिकारको अन्योल

जिल्ला समन्वय समिति (जिसस) का पदाधिकारीले आफ्ना अधिकार प्रस्ट नहुँदा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो गरेका छन् । वीरेन्द्रनगरमा आइतबार सम्पन्न चालु आवको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रमा बोल्दै उनीहरूले निर्वाचन भएको एक वर्ष बितिसक्दासमेत आफूहरू अधिकारविहीन भएको बताए ।

प्रदेशसभा बैठकः डा. केसीमाथि भएको धरपकडको विरोध

कर्णाली प्रदेशसभामा चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बस्न जुम्ला पुगेका प्रा.डा.गोविन्द केसी र उनका सर्मथकमाथि गरिएको धरपकडको विरोध भएको छ । 

प्रधानमन्त्रीको चीन भ्रमण स्वागतयोग्यः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण स्वागतयोग्य भएको बताएका छन् ।

सडक, कृषि र पर्यटनमा प्राथमिकता

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि झन्डै २३ अर्बको बजेट प्रस्तुत गर्दै छ । सरकारको दोस्रो बजेट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले शुक्रवार दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्दै छन् ।