घनश्याम भुसाल

घनश्याम भुसालका लेखहरु :

नीति गलत मान्छेको हातमा परेकाले समस्या

नियत वा नियति एउटाले मात्रै केही हुन सक्दैन । नीति वा सिद्धान्त राम्रो नभएर हामीले दुःख पाएको होइन । हरेक सिद्धान्त गलत मान्छेको हातमा परेकाले समस्या सृजना हुने गरेको छ । अहिले नेपालमा रहेको, रोजगारी नजन्माउने दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या हुने गरेको छ ।

कमरेड प्रदीप गिरी

मार्क्सको समाधिमा एंगेल्सले १४ जना मलामीसामु विश्व इतिहासमा मार्क्सका योगदानबारे चर्चा गरेका थिए । त्यस क्रममा उनले ‘सबैभन्दा मुख्य कुरा मार्क्स क्रान्तिकारी थिए’ भनेका थिए । प्रदीपजीले मार्क्सको परिचयबारे बोल्दा त्यस वाक्यांशलाई सबैभन्दा जोड दिन्थे । आज प्रदीपजी बिदा भएका छन् र उनी के थिए भनेर छलफल/चर्चा चल्दै छ । बितेका आफ्ना अग्रजका बारेमा सबैले चर्चा गर्छन् ।

'अहिले नबोल्नु भनेको अदालतसँग हाम्रो सेटिङ छ भन्‍ने स्वीकार गर्नु हो'

एउटा भनाइ छ, 'अन्तका पाप काशीमा धुने, काशीमा गरेको पाप चाँहि कहाँ धुने ?' अन्यत्र गरेको पाप अदालतमा धुने होला । अदालतमा गरिएको पाप कहाँ धुने होला ? यो ठूलो विषय हो । बाहिरबाट हेर्दा अदालतको विषय हो बोल्नु हुँदैन भन्ने वातावरण बनाउन खोजिएको छ तर त्यस्तो गर्नु हुँदैन । किनभने अदातलको मुद्दा भनेको राज्यको प्रमुख अंगको मुद्दा हो ।

उत्पादनको सामर्थ्य बढाउन दोहनकारी व्यवस्थामा परिवर्तन

ब्रिटिसकालीन समयको सन्दर्भ अर्कै छ । खासगरी बेलायती र जापानी सामान भित्रिन थालेपछि हाम्रा साना परम्परागत कुटिर उद्योग सकिए भन्ने अर्कै कुरा छ । पछिल्लो पटक २०२२ सालतिर हामीले धान–चामल निर्यात गर्थ्यौं भनेका छौं । त्यति बेला धान–चामल पहाड जाँदैनथ्यो । ठूलो जनसंख्या पहाडमा थियो । पहाडमा बाटोघाटोका कारण जाँदैनथ्यो ।