१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मनोज पौडेल

मनोज पौडेलका लेखहरु :

पानी चरा गन्न खटिए साढे तीन सय जना

फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ ।

सीमा स्तम्भ मर्मत सम्भार सुरु

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुका सीमा स्तम्भको मर्मत सम्भार सुरु गरिएको छ । कृष्णनगर नगरपालिका–२ लिंक गेट नजिकै रहेको ५ सय ६७ (१) नम्बरको सहायक सीमा स्तम्भको मर्मत गरी शनिबारबाट कामको शुभारम्भ गरिएको हो ।

छठ : पहाड उक्लँदै, सबै समुदायमा फैलँदै

इलाम उक्लिने गौंडामा रहेको झापाको सानो सहर बुधबारेकी रमिता भट्टराई हरेक वर्ष छठ पूजामा सहभागी मात्रै नभई ब्रत नै बस्छिन् । अन्य श्रद्धालुसँगै नजिकैको हडिया खोलामा गएर सूर्यलाई अर्घ दिन्छिन् । भन्छिन्, ‘छठ पर्व हामी सबैको साझा हो जस्तो लाग्छ ।’ 

महासचिव गुटेरेस आउने भएपछि लुम्बिनी सिंगारिँदै [तस्बिरहरु]

संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आउने भएपछि सडक कालोपत्र गर्दै हतारहतार तयारी थालिएको छ । मंगलबार बिहान डेढ घण्टाका लागि आउने उनका लागि ४ नम्बर गेटदेखि शान्तिदीपसम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिँदैछ ।

काभ्रेको आलु कपिलवस्तुमा भण्डारण

मुलुककै अत्याधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणपछि काभ्रेपलाञ्चोकको आलु यहाँ ल्याएर भण्डारण गर्न थालिएको छ । बुद्धभूमि नगरपालिका–१० जनकपुरमा मुलुककै अत्याधुनिक चिस्यान केन्द्र निर्माण गरिएपछि काभ्रेको आलु यहाँ ल्याएर भण्डारण गर्न थालिएको हो । अब काभ्रेको स्वादिष्ट आलु लुम्बिनी प्रदेशका बासिन्दाले पनि खान पाउने भएका छन् ।

कपिलवस्तु- ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

एमालेले कपिलवस्तुमा प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । कपिलवस्तु क्षेत्र नम्वर ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी ३ हजार ६३७ मतको मतान्तरले विजयी बनेका छन् ।

चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन कपिलवस्तुमा सुरु

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् ।

दुई वर्ष भयो, चलाइएन बिजुली बस

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई सुविधा दिँदै वातावरण प्रदूषण कम गर्न ल्याइएका १९ विद्युतीय सवारीसाधन झण्डै दुई वर्ष हुन लाग्दा पनि सञ्चालन हुन नसकेर थन्किएका छ । सरकारी निकायबीच समन्वय अभाव र सञ्चालन मोडालिटी अन्योल हुँदा सवारीसाधन सञ्चालन हुन नसकेर थन्किएका छन् ।

नाम्चेमा चहलपहल [तस्बिरहरु]

कोरोना कहर कम भएसँगै मुलुकको प्रमुख पर्यटकीय स्थल नाम्चे बजारमा चलहपहल बढेको छ । कोरोनाले दुई वर्षदेखि सुस्ताएको पर्यटन व्यवसायले गति लिएपछि व्यवसायी खुसी छन् । समुद्र सतहदेखि ३ हजार ४ सय ४० मिटर उचाईमा पर्ने नाम्चे सगरमाथा जाने प्रवेशद्वारका रुपमा रहेको छ ।

जो गाविस अध्यक्ष जितेको २५ वर्षपछि वडाध्यक्ष भए

उनी हक्की स्वभावका छन्; जे देख्यो त्यही बोल्छन्; स्वभावले कडा छन्; कुरा चपाएर बोल्दैनन्; कसैको अनावश्यक बढाइचढाइ पनि गर्दैनन् तर गाउँसमाजको काम र विकासमा उनी मिजासिला छन्; सधैं अग्रसर हुन्छन्; उत्तिकै सहज र सरस छन्; सबैसँग घुलमिल हुन्छन्; मास कन्ट्रोलिङको क्षमता पनि अब्बल छ ।