नारायण खड्का

दर्जनौं सर्वेक्षण 'फेल' भएको अस्ट्रेलियाको चमत्कारिक निर्वाचन

आफ्नो पार्टीले अप्रत्याशित रूपमा जीत हासिल गरेपछिको पहिलो विजयी भाषणमा प्रधानमन्त्री स्कट मरिसनले 'आफू चमत्कारमा विश्वास गर्ने' बताएका थिए । विभिन्न संस्थाहरूको ५६ वटा सर्वेक्षणले जीत हासिल हुने नतिजा देखाइरहेको सन्दर्भमा सर्वेक्षणको विपरीत विपक्षी दल लेबरले लज्जास्पद हार ब्योहोरेपछि यहाँ हुने सर्वेक्षणहरूमै प्रश्न उठेको छ । 

अस्ट्रेलियामा आमनिर्वाचन, सत्तारुढ दलसहितको गठबन्धन सरकार बन्ने

अस्ट्रेलियामा शनिबार आमनिर्वाचन सम्पन्न भएको छ । मतगणना जारी रहेको भए पनि सत्तारुढ दल लिबरल गठबन्धनले सरकार बनाउने पक्का भएको छ । निर्वाचनपछि विपक्षी दल लेबरका नेता बिल सर्टनले आफ्नो पार्टीको हार स्वीकार गरेका छन् । उनले निर्वाचनमा हार ब्योहोरेसँगै दलको नेताबाट समेत राजीनामा दिएका छन् ।

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको निधन 

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री बब हकको ८९ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनी लेबर पार्टीको तर्फबाट ३ कार्यकालसम्म अष्ट्रेलियाको प्रधानमन्त्री बनेका थिए ।

फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाको मृत्यु

फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा रहेको तथ्यांक सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरुको संख्या अत्याधिक रहेको छ ।

अस्ट्रेलियामा चुनावअघि उम्मेदवारको राजीनामा

अस्ट्रेलियामा सातापछि हुन गइरहेको आमनिर्वाचनमा उम्मेदवार बनेका विभिन्न ७ उम्मेदवारले निर्वाचनअगावै राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा अस्ट्रेलियाली समाजको मूल्यमान्यताविरुद्ध आफ्नो विचार राखेकै आधारमा अधिकांश उम्मेदवारले सांसद बन्न सक्ने अवसर गुमाएका हुन् । 

नारायण खड्काका लेखहरु :

आफ्नो पार्टी निर्वाचित भए १ मिलियन डलर सहयोग गर्ने अध्यागमन मन्त्रीकाे घोषणा

अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले एक सातापछि हुने निर्वाचनमा लिबरल सरकार पुनः निर्वाचित भए नेपाली सामुदायकाे भवन निर्माण गर्न १ मिलियन डलर (करिब ८ करोड रुपैया) सहयोग दिने घोषणा गरेका छन् । 

एनआरएन क्षेत्रीय सम्मेलन सिड्नीमा हुने

प्रवासी नेपालीहरुको संगठन एनआरएनको ओसिनिया क्षेत्रको सम्मेलन सिड्नीमा आयोजना हुने भएको छ । 'समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि' नारासहित आयोजना हुने कार्यक्रममा विभिन्न देशका दर्जंनौ प्रतिनिधीहरुले सहभागिता जनाउने भएका छन् । 

नेपाली विद्यार्थीलाई लक्षित गरेर अष्ट्रेलियाको अध्यागमनले लागु गर्‍यो नयाँ नियम

अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुका लागि नयाँ नियमको घोषणा गरेको छ । नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलोपटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको छ । 

ठगीमा गुमाए अस्ट्रेलियालीले ४० अर्ब

बितेको एक वर्षमा अस्ट्रेलियालीले विभिन्न ठगीका घटनामा करिब ५ सय मिलियन डलर (करिब ४० अर्ब रुपैयाँ) गुमाएका छन् । यहाँको नियमन निकाय अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्जुमर कमिसन (एसीसीसी) ले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न ठगी (स्क्याम) कम ठूलो रकम हिनामिना भएको हो । 

अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलकाको पहुँच

सत्तारुढ दल लिबरलले प्रमेज श्रेष्ठलाई सांसदको उम्मेदवार बनाएसँगै अस्ट्रेलियामा नेपाली मूलकाले राजनीतिक क्षेत्रमा समेत फडको मारेका छन्  । त्यस्तै, यही मे १८ मा घोषणा गरिएको केन्द्रीय निर्वाचनमा तेस्रो ठूलो दल मानिएको ग्रिन्सबाट पश्चिम अस्ट्रेलियाबाट अर्का नेपाली मूलका युवा भुवन खडका माथिल्लो सदन ‘सिनेट’ सदस्यका लागि सिफारिस भएका छन्  ।