घनश्याम खड्का

घनश्याम खड्काका लेखहरु :

झारले ढाकेको प्यारीभारानी ताल सफा गर्दै स्थानीय

अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीको शिरमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्त्वको प्यारीभारानी (वराही) ताल झारले ढाकेपछि स्थानीय बासिन्दा सफाइमा जुटेका छन ।

कोरला नाकामा नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त गस्ती

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो थलो लोमन्थाङ गाउँपालिकामा पर्ने कोरला नाकाको सीमा क्षेत्रमा हुने सीमा अपराध रोक्न नेपाल प्रहरी र चिनियाँ प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् ।

टिपर दुर्घटनामा एक जनाको मृत्यु

रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित घैराबारीमा निर्माणाधिन ३७.५ मेगावाट क्षमताको राहुघाटमंगले जलविद्युत् आयोजनाको टिपर शनिबार दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ ।

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

कम्प्युटरबिना नै कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका जिल्लाका तीन वटा सामुदायिक माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । 

पुनहिल पुग्ने नेपाली बढे, विदेशी पर्यटक घटे

पर्यावरणमा नकरात्मक प्रभाव पार्ने गरी जथाभावी खनिएको सडकले पैदलमार्ग प्रदुषित बनेपछि अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीमा पर्ने प्रख्यात पर्यटकीय गन्तव्य लुङतुङ डाँडो अर्थात् पुनहिल चढ्ने विदेशी पर्यटकको संख्या घट्दै गएको छ । 

म्याग्दीमा पर्यटन सूचना केन्द्र संचालन

सदरमुकाम बेनीको कालीपुल बसपार्क छेवैमा पर्यटन सूचना केन्द्र संचालनमा आएको छ । जिल्लामा भित्रने र बाहिरिने पर्यटकलाई प्रमुख पर्यटकीय गन्तव्यहरु, त्यहाँ पुग्ने सडक/पैदलमार्ग, पाइने होटलबास समेतका सुविधाहरुको बारेमा जानकारी गराउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा बेनी नगरपालिका, पर्यटन बोर्डले म्याग्दी पर्यटन सूचना केन्द्र संचालनमा ल्याएका हुन् । 

गुराँसै फूल्यो घोरेपानी/पुनहिलैमा

वसन्त ऋतु । राताम्मे गुराँसे जंगलबीचमा झुरुप्प निला छाना भएको बस्ती, घोरेपानी । माथी टुप्पीमा छ, प्रख्यात दृष्यस्थल पुनहिल । घान्द्रुक–पुनहिल–नागीसम्मका सबै डाँडापाखामा गाडा रातो, रातो, सिम्रिक, गुलाबी रंगका गुराँसबीचमा फुलेका चिमली र सेता गुराँसले मनमोहक घोरेपानी/पुनहिल क्षेत्रको जंगल मनमोहक देखिएको छ ।

गोबर बेचेर अतिरिक्त आम्दानी

बेनी नगरपालिका–७ टुनीखर्कका कृष्णप्रसाद शर्माको गोठमा २० वटा भैंसी छन् । शर्मा कृषि तथा पशुपन्छी फार्म चलाइरहेका उनले नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन् । अचेल आफ्नो फर्मबाट दुधमात्रै बेच्दैनन्, यसैपालि पनि उनले गोबर मल बेचेर तीन लाख रुपैयाँ हात पारिसकेका छन् ।