शान्ता मरासिनी

संघीयता व्यवस्थापनमा सकस

नागरिक स्वतन्त्रता, प्रजातन्त्र, स्वायत्त एवं स्वशासनको विश्वव्यापी लहरसँगै आधुनिक शासन प्रणालीका रूपमा विश्वमा दुई किसिमका शासन प्रणाली प्रचलनमा छन्– एकात्मक र संघात्मक । एकात्मक शासन पद्धतिमा राज्यका अंगहरूको एकल अस्तित्व रहन्छ र केन्द्र सरकारले मातहतका निकायहरूमा अधिकार प्रत्यायोजन गरी नियन्त्रणमुखी शासन सञ्चालन गर्छ ।

नारामै रूमलिएको अभियान

प्रत्येक वर्ष डिसेम्बर २५ देखि १० सम्म अन्तर्राष्ट्रिय स्तरमा मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएकै दिन भारतको महाराष्ट्र राज्यमा सन् २०१२ मा १५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा ३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

मतदाता शिक्षाको प्रभाव

वास्तवमा २०७४ लाई निर्वाचन वर्ष भन्दा हुन्छ । स्थानीय तहको निर्वाचन सकिएको तातै पृष्ठभूमिमा प्रदेश र संघको हुँदैछ । निर्वाचनबारे आम मतदातामा मतपत्रमा छाप लगाउने बाहेक संघात्मक शासन र तहगत सरकारमा सहभागिता, राजनीतिक दलहरूका दूरदृष्टि, नीति र योजनामा सत्यता, आचरण, नैतिकता मूल्य, वाचा र वास्तविकता बारेको बुझाइको स्तरमा भने परिवर्तन आउनसकेको देखिएन ।

जनमतको कदर कहिले होला ?

जनताको सर्वोच्चता भएको शासन व्यवस्था लोकतन्त्र हो । लोकतन्त्र जनताले शासनमाथि गर्ने असिम अनुभूतिसँगै राज्य व्यवस्थामा सुशासन कायम भएको अवस्था हो । लोकतन्त्र यस्तो शासन प्रणाली हो, जसमा प्रत्येक व्यक्तिको हिस्सा हुनुपर्छ । लोकतान्त्रिक शासनमा जनताको सहभागिता हुन्छ । त्यो प्रत्यक्ष या अप्रत्यक्ष निर्वाचनको माध्यमबाट हुन्छ ।

लैंगिक समानताको बहस

१०७ औं अन्तर्राष्ट्रिय नारी दिवस ‘बी बोल्ड फर चेन्ज’ नारासहित महिला हक–अधिकार प्राप्तिको ‘सेलेबरेसन सक्सेसेज’ र बाँकी अधिकारको प्राप्तिका लागि प्रत्येक सरकारलाई दबाब सिर्जना गर्दै विश्वभरका महिलाले उत्सवका रूपमा मार्च ८ मा मनाए ।

शान्ता मरासिनीका लेखहरु :

मतदाता शिक्षामा ढिलाइ नगरौं

मतदाताहरूलाई कानुन निर्माणमा सहभागिता, कानुनको शासन, संविधान र संविधानका अन्तरवस्तु, राजनीतिक प्रणाली, शासकीय व्यवस्था, निर्वाचन प्रणाली, समानुपातिक प्रतिनिधित्व, निर्वाचनका चरण र प्रक्रियाबारे सचेत गराउनु, जानकारी दिनु, उत्साहित तुल्याई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता गराउन सञ्चालन गरिने शिक्षा नै मतदाता शिक्षा हो ।

खोइ नागरिक समाज ?

राज्य लामो समयसम्म आन्तरिक द्वन्द्वमा फँसेका बेला राज्यको वैधतामै संकट उत्पन्न हुने अवस्था सिर्जना भएपछि नागरिक समाजको मध्यस्थतामा शान्ति प्रक्रिया अगाडि बढेको हो ।