नारायण खडका

अस्ट्रेलियामा विदेशी विद्यार्थीमाथि शोषण

अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई घरधनीहरुले शोषण गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । यहाँ रहेको ‘युनिभर्सिटी अफ न्यु साउथ वेल्स (यूएनएसडब्लू)’ ले हालै सार्वजनिक गरेको रिपोर्ट ‘नो प्लेस लाइक होम’ मा सिड्नीमा रहेका कैयौं अन्तर्राष्ट्रिय विद्यार्थी शोषणको मारमा परेको उल्लेख छ । 

अस्ट्रेलियाको ट्राफिक नियममा कडाई

अस्ट्रेलियामा सवारी साधन चलाइरहेको अवस्थामा मोबाइल फोनको प्रयोग गरे हजार अस्ट्रेलियन डलर (करिब ८० हजार रुपैया) जरिवाना हुने भएको छ । अधिकारीका अनुसार यो निमय क्वीन्सल्याण्ड राज्यमा केही महिनापछि लागु हुने छ । यसलाई विश्वकै कडामध्येको एक ट्राफिक नियम मानिएको छ । 

न्युजिल्यान्डमा सगरमाथा दिवस

न्युजिल्यान्डको संसद् भवनमा पहिलोपटक सगरमाथा दिवस मनाइएको छ । न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पहिलो पाइला राखेको सम्झना स्वरूप हरेक वर्ष न्युजिल्यान्डमा ‘एभरेस्ट डे’ मनाइने गरिन्छ ।

अस्ट्रेलियामा ग्यास उत्सर्जन बढ्दो

अस्ट्रेलियामा हरित गृृह ग्यास उत्सर्जनमा गत वर्षको भन्दा वृद्धि भएको छ । अस्ट्रेलियाली सरकारको नयाँ तथ्यांकअनुसार वायु प्रदूषणमा मुख्य कारक रूपमा मानिएको हरित गृह ग्यास उत्सर्जन गतवर्षको भन्दा ०.७ प्रतिशतले वृद्धि भएको हो । 

घले दम्पती अस्ट्रेलियाको ८५औँ धनी

नेपाली मूलका व्यवसायी दम्पती शेष घले तथा जमुना गुरुङ अस्ट्रेलियाको ८५औं र ८६औं धनी बनेका छन् । अस्ट्रेलियाको प्रतिष्ठित पक्रिका द अस्ट्रेलियनले शनिबार सार्वजनिक गरेको अस्ट्रेलियाका २ सय ५० धनी व्यत्तिहरूको सूचीमा उनीहरू गत वर्षको भन्दा २ सय २४ मिलियन अस्ट्रेलियन डलर जोडदै यो सूचीमा परेका हुन् । 

नारायण खडकाका लेखहरु :

राजदूत शेर्पा अस्ट्रेलियामा

आफ्नै पूर्व कर्मचारीबाट रकम लिएर अस्ट्रेलिया ल्याएको आरोप लागेपछि अनुसन्धानका लागि नेपाल बोलाइएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छन् ।

हरिवंश मामाघरमा

चाडपर्व आयो कि कलाकारलाई दसैं लागेझैं हुन्छ  । अझ दसैं–तिहारको चटारो त बेग्लै ! बाहिरका नेपालीहरू आफन्त मिलनको चाह बोकेर मुलुक फिरिरहेका बेला कलाकर्मी भने कन्सर्ट या सांस्कृतिक प्रस्तुतिका लागि विदेश उडिरहेका हुन्छन्  ।

अष्ट्रेलियाको राजनीति अस्थिर बनाउने उप निर्वाचन

शनिबार अष्ट्रेलियाको एक निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उक्त क्षेत्रमा हुने नतिजाले अष्ट्रेलियाको राजनीति र संसदलाई अस्थिर बनाउन सक्ने भएकाले पनि उक्त निर्वाचनलाई महत्वका साथ हेरिएको छ  ।

साथी बचाउन २५० किलोमिटर पदयात्रा

क्यान्सरपीडित, त्यो पनि ब्रेन क्यान्सरको तेस्रो स्टेजमा पुगेर बाँच्ने संघर्ष गरिरहेको साथी बचाउन केसम्म गर्न सकिन्छ ? सिड्नीका एक अस्ट्रेलियाली नागरिकले आफ्ना नेपाली साथीको उपचारमा सहयोग जुटाउन २ सय ५० किलोमिटर जंगल पदयात्रा गर्दै छन् । त्यो पनि लगातार १० दिनसम्म ।

अस्ट्रेलियामा बढदै नेपालीको आत्महत्या

अध्ययनका लागि अस्ट्रेलियाको ब्रिसबन पुगेका एक नेपाली विद्यार्थीले मंगलबार आत्महत्या गरे । चार महिनाअघि मात्र नेपालबाट आएर जेम्स कुक युनिभर्सिटीमा अध्ययनरत उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।