खगेन्द्र संग्रौला

बकिङघम प्यालेस हुँदै मार्क्स

बकिङघम प्यालेसले सम्झाउँछ सिंहदरबार, शीतलनिवास दरबार र बालुवाटार दरबार । यी जिनिसहरूमा बेलायतको संसदीय थिति र नेपालको संसदीय बेथिति जब देख्छु, मेरो मन त्यसैत्यसै उद्विग्न हुन्छ ।

उड्यो यायावर यूकेतिर

१० जुलाई २०१८ । दिउँसो ३ बजेतिर जेबी फोनको घन्टी बज्यो— कोकुली क्वाँक्, कोकुली क्वाँक् । हेर्छु, नम्बर परदेशको छ । परदेशी छोराछोरीको होइन, कसको होला यो ?‘सेवा रो दाजु, म नरेश काङमाङ ।’

लन्डनतिर छुक्छुक् रेलैमा

लन्डन टेक्नासाथ निम्तागरी पठाउने मनकारी घरबेटीलाई सोधेँ— यहाँ हाम्रा राजदूत को छन् ब्रो ? उत्तर आयो— मिस्टर दुर्गाबहादुर सुवेदी । पछि आदिवासी–जनजाति सभामा प्रमुख अतिथिको औतारमा राजदूत प्रकट भए । अरे, ती ब्रो त दुबसु क्षत्री पो रहेछन् ! बडो फुर्तिला, वाचाल र कूटनीतिक कर्म र भाषाले सबैको मन र मान राख्न हुनुसम्म सिपालु ।

ओलीको रेपा दर्शन, सुब्बाको भयवाद

यस पत्रमा वैशाख, जेठ र असारमा हङकङ विचरणका मेरा तीन थान संस्मरण छापिए । एक थानमा मैले देश सुब्बाको सरलरेखीय भयवादमाथि मलुवा टिप्पणी गरेको थिएँ । एकाध जिज्ञासा, एकाध व्यङ्ग्य र एकाध कटाक्षको सम्मिश्रण थियो त्यो । निकै दिनपछि सायद निकै गमेर र निकै कनेर श्री सुब्बाद्वारा प्रतिक्रिया गरियो । र, प्रकट भयो त्यो प्रतिक्रिया २३ असारको कान्तिपुरे कोसेलीमा । प्रतिक्रिया गर्ने कष्टपूर्ण चेष्टाबापत सुब्बासाहेपलाई मेरो भारी साधुवाद । 

दस हजार बुद्ध, आँसु र अनुराग

बुद्ध दर्शनका दृष्टिमा मूर्तिपूजा सनातनी रूढि हो । र, अन्धमति कर्मकाण्ड हो यो । आत्मिक जागरण र प्रबोधनको सुन्दर माध्यम यो किमार्थ होइन । हो त यो केवल मनोवैज्ञानिक लम्पटपना र आत्मिक दासताको कुरूप माध्यम । कटु अनुभव भन्छ– कालान्तरमा सबै दर्शनको नियति यही हो । मूर्तिमा पतित गराइनु, पुजिनु र तुच्छ स्वार्थका लागि बेचिनु !

खगेन्द्र संग्रौलाका लेखहरु :

हङकङमा पनि त्यस्तो !

हङकङ यात्राको निम्तो विरलाकोटी हो भन्ठानेर म त्यसैत्यसै मखलेल भएको थिएँ, गाँठ्ठी कुरो बुझ्दा त्यो रहेछ सनातनी र सरदर दर्जाको । मेरो फुक्र्याइँ र अभिमानको पारो ह्वात्तै झर्‍यो र म सरदर मनोदशामा उत्रिएँ । आठ–दस वर्षयता हङकङ जानेहरू त गाँठ्ठे, सानोतिनो जुलुससरह भइसके छन् ।

हङकङ गन्थन

घरको सेरोफेरोको साँगुरो घेरोबाट बाहिर ननिस्केको महिनौँ भएको थियो । देशबाहिर दूर देशतिरका त कुरै नगरूँ । जीवन भूगोलको निसासलाग्दो लघु वृत्तको निरीह कैदी बनेको थियो, ट्वारट्वारे कुपमण्डुकजस्तो ।

गद्दार

बिहान साबिकको समय । थलो पनि उही साबिकको जहाँ कुचुक्क परेको छिँडीमा खुब चलेको चिया पसल छ । चिया पसलमा ऊ मानौँ उत्ताल आवेगको वेगले हुर्रिँदै पस्यो । साबिकझैँ उसको एक हातमा तरकारीको प्लास्टिक थियो, अर्को हातमा पत्रिका । ऊ बेन्चीछेउको थोरै खाली ठाउँमा हाडे नितम्ब आधा टेकाएर घ्याच्च बस्यो ।

मेरो माइला राजा भो

सिरानघरे माइला आउने रे, सुन्यौ नानी ?’ एक मन थोरै हाँस्दै र एक मन धेरै रुँदै नूरमाया घर्तीले भनी । थोरै हाँस्दै किनभने सिरानघरे माइला उसका छोराको कमान्डर थियो, उसका आँखाको नानीजस्तो ।

तीन सम्पादक र म

दुई कुराले कान्तिपुरतर्फ म आकृष्ट भएको थिएँ । तिनताक अल्पायुमै मर्न अभिशप्त र पाठकको वृत्त सीमित भएका घरी यो र घरी त्यो वाम साप्ताहिकमा म लेख्थें । कान्तिपुरको आयु अपेक्षाकृत लामो हुने निश्चित थियो र त्यसको पाठकवृत्त थियो कता हो कता व्यापक ।