रोयटर्स

इरानी तेल नकिन्नू : अमेरिका

विश्व बजारमा सोमबार तेलको मूल्य आकासियो । संयुक्त राज्य अमेरिकाले इरानी तेल खरिदकर्तालाई यथाशीघ्र आयात बन्द गर्न एक/दुई दिनभित्रै निर्देशन दिन लागेको खबर फैलिएपछि मूल्य बढेको थियो ।

'हुवावेमा सरकारी लगानी’

अमेरिकी अनुसन्धान संस्था सीआईएले चिनियाँ दूरसञ्चार कम्पनी हुवावे टेक्नोलोजीमा चीन सरकारको लगानी रहेको आरोप लगाएको छ । सीआईएका अनुसार चीनको राष्ट्रिय सुरक्षा आयोग, पिपल्स लिबरेसन आर्मी र चाइनिज स्टेट इन्टेलिजेन्स नेटवर्कबाट हुवावेले लगानी प्राप्त गरिरहेको छ । 

कोलम्बोस्थित एक होटलमा पुन: विस्फोट, राजधानीमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल चलाउन रोक

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

चीन छोड्दै अमेजन

विश्वकै सर्वाधिक ठूलो अमेरिकी ई–कमर्स कम्पनी अमेजनले चीनको आफ्नो अनलाइन स्टोर बन्द गर्ने भएको छ । आउँदो जुलाईभित्र चीनबाट अमेजन पूर्ण रूपमा हट्नेछ । स्थानीय ई–कमर्स कम्पनीहरू बलिया प्रतिस्पर्धीका रूपमा विकसित भएपछि अमेजनलाई चीनमा कारोबार गर्न गाह्रो परेको थियो ।

जापानी कम्पनीबारे बेलायती चिन्ता

बेलायत युरोपेली संघबाट अलग हुन चाहेपछि त्यहाँस्थित जापानी कम्पनीलाई लिएर स्थानीयमाझ चासो बढेको छ । यसबारे बेलायती विदेशमन्त्रीले हाल जापानी प्रधानमन्त्रीसँग कुरा गरेका छन् । उनले कुनै पनि सम्झौताबेगर बेलायत युरोपेली संघबाट अलगिने र यसमा निश्चिन्त रहन जापानलाई आश्वासन दिएका छन् । 

रोयटर्सका लेखहरु :

पेरिसस्थित विश्व सम्पदा सूचिमा सूचिकृत ८ सय वर्ष पुरानो चर्चमा आगलागी

भीषण आगलागीका कारण फ्रान्सको नोट्रेड्याम क्याथेड्राल (चर्च)मा ठूलो क्षति पुगेको छ । पेरिस शहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा विश्वभर सुपरिचित उक्त विशेष ऐतिहासीक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध भएको छ ।

विद्युतीय सवारी : चीनको भर घटाउँदै अमेरिका

व्यापार युद्धमा अल्झिरहेका बेला संयुक्त राज्य अमेरिकाले विद्युतीय सवारीमा चीनसँगको निर्भरता हटाउन खोजेको छ । यसका लागि अमेरिकाले नीति परिमार्जनसँगै सम्बन्धित क्षेत्रका व्यापारीको राय लिने प्रक्रिया सुरु गरेको छ ।

भेनेजुएलाको तेलमा खिचातानी

संयुक्त राज्य अमेरिकाले विश्वभरका तेल व्यापार संस्था र प्रशोधनकर्ताहरूलाई भेनेजुएलासँगको कारोबार नगर्न आग्रह गरेको छ । यसो नगरे प्रतिबन्ध खेप्न तयार हुनु भनी उसले चेतावनी समेत दिएको छ ।

उबरले किन्यो प्रतिस्पर्धी कम्पनी

विश्व विख्यात राइड सेयरिङ कम्पनी उबर टेक्नोलोजी इंकले ३ अर्ब १० करोड अमेरिकी डलर लगानी गरेर मध्यपूर्वको आफ्नो बलियो प्रतिस्पर्धी ‘करिम’ खरिद गर्ने भएको छ । यसपछि उक्त क्षेत्रमा उबरको प्रभुत्व बढ्नेछ ।

इन्डोनेसियाको पपुवामा बाढीबाट कम्तीमा ५८ जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आइतबार आएको बाढीका कारण कम्तीमा ५८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते छन् । उद्धारकर्मीहरु विकट गाउँका विभिन्न स्थानमा पुग्ने प्रयास गरिरहेका छन् । अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । पहिरोबाट सयभन्दा बढी घर तथा दुई पक्की पुल ध्वस्त भएका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध छ ।