विष्णु सापकोटा

बौद्धिक को हो ?

बौद्धिक को हो भनेर गरिने प्रश्न र विमर्श सनातनी त हो नै । नेपालमा मात्र होइन, अन्यत्र पनि बिभिन्न कालखण्डमा यो प्रश्न अहम् भएर उठ्ने गरेको छ । र यसको उत्तर पनि समय र समाज अनुसारको त हुने नै भयो । तर ‘बौद्धिक को हो ?’ भन्ने प्रश्नमा नेपालको राजनीतिक संक्रमणका विगतका केही वर्षले एकैचोटी उदेक र लोभ दुबै लाग्ने विमर्शको सिर्जना गरेको छ ।

दुवै पुस्तामा दृष्टिभ्रम

निर्वाचनबाट खुम्चिएको र प्रतिपक्षी दलका रूपमा समकालीन समाजका मुद्दाको नेतृत्व गर्ने धेरै सान्दर्भिकता नदेखाएको हालको नेपाली कांग्रेसको अवस्थिति राजनीतिक दृष्टिकोणबाट विमर्श गर्न त्यति रोचक र महत्त्वपूर्ण छैन । तर कांग्रेसको यही स्थिति नेपालका दल र तिनका प्रत्यक्ष लाभग्राहीको चरित्र बुझ्नका लागि प्राज्ञिक रूपमा सबैभन्दा रोचक र अर्थपूर्ण छ ।

ओलीको लय विलयतिर

२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिको प्रत्येक दशकमा नेपाली राजनीतिमा एउटा न एउटा पेचिलो राजनीतिक प्रश्न जहिले पनि उठिरहने गरेको छ । प्रजातन्त्र र राजतन्त्र सँगै कसरी जालान् भन्ने प्रश्न प्रजातन्त्र आएपछिको पहिलो दशकको महत्त्वपूर्ण प्रश्न थियो । त्यो प्रश्नले सामञ्जस्यपूर्ण उत्तर नपाउँदै राजा महेन्द्रले त्यसको एकलौटी हिसाबले जवाफ दिएर पञ्चायत ल्याइछाडे ।

‘पपुलिजम’को अन्तर्राष्ट्रिय प्रवाह

वर्तमानलाई बुझ्न इतिहास बुझेर मात्र सम्भव छ– यो त सबैले सधैं भनिरहेकै कुरा भयो । तर कहिलेकाहीँ वर्तमानको राजनीतिक प्रवृत्ति र रुझान बुझ्न मान्छेको समग्र जातकै इतिहासबाट कुरा थाल्नुपर्ने हुन्छ । दैनन्दिनको राजनीतिका कोरा ढाँचाहरूलाई बुझ्न त झन् इतिहासका पुरानै खण्डमा जानुपर्ने पनि हुन्छ ।

यथास्थितिवाद र उग्रवादको अन्तरघुलन

२०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै संसदीय व्यवस्था अंँगालेको तत्कालीन नेकपा–एमालेले सैद्धान्तिक रूपमा राजतन्त्र मान्छु कहिल्यै भनेन । तर सवैधानिक राजतन्त्रलाई व्यवहारमा पूर्णत: स्वीकार्दै संसदीय प्रणालीको दोस्रो प्रमुख खेलाडी बनिसकेको एमालेलाई माओवादीले सधैं यथास्थितिवादी भन्दै रह्यो ।

विष्णु सापकोटाका लेखहरु :

वाम एकता : के हो, के होइन ?

नेकपा एमाले र माओवादी केन्द्रबीच लगभग भइनै सक्यो भनेर विगत सात महिनामा धेरैपटक भनिएको तर अझैसम्म भइचाहिँं नसकेको सम्भावित एकतालाई अहिले लोकप्रिय रूपमा वाम एकता भन्ने गरिएको छ । र विगतका यिनै सातै महिनामा नेपालको अनौपचारिक राजनीतिक संवादमा सबैभन्दा धेरै सोधिएको प्रश्न पनि यही हुनुपर्छ– साँच्चै एमाले र माओवादी मिल्नै लागेका हुन् त ? मिल्नै लागेका त पक्कै हुन्, तर प्रश्न मिल्ने हुन् कि होइनन् भन्नेमात्र हो ।

समाजवादी सत्ताको सतही सुरुवात

यस पटकको विषय प्रवेश एउटा दार्शनिक प्रसंगबाट गरौं । बीसौं शताब्दीका प्रभावशाली चिन्तक/साहित्यकार अल्बर्ट कामुको सबैभन्दा प्रख्यात उपन्यास ‘दी आउटसाइडर’ मा एउटा मार्मिक सन्दर्भ छ । उपन्यासको प्रमुख पात्रले समाजमा के ठीक, के बेठीक भनी छुट्याउन बनेका सबैजसो नैतिकताका मान्यतामा कुनै पनि संगति र अर्थ देखिरहेको हुँदैन ।

नेपाली ‘राज्य’ को पुनरागमन

त्यसो त जहिलेबाट अहिलेको नेपाल एउटा राज्यको रूपमा स्थापित भयो, त्यसबेलादेखि नै यसको आफ्नो सार्वभौमिकता अविच्छिन्न रहँदै आएको छ । अन्य मुलुकको इतिहासमा जस्तै नेपालको सन्दर्भमा पनि बेला–बेला केही भूभाग थप प्राप्त गर्ने र गुमाउने कार्य भएको त इतिहासमा छँदैछ । तसर्थ नेपाल देश त जुन बेलादेखि बनेको हो, यो सधैं छँदैछ र जे चिज सधैं छ, त्यसको पुनरागमन हुँदैन ।

कांग्रेसको गलत स्वास्थ्य परीक्षण

साधारणतया: चुनावमा नै जनताद्वारा हराइएको राजनीतिक शक्तिका बारेमा सम्बन्धित दलका र उक्त दलको आबद्धतामार्फत कुनै प्रकारको लाभांश पाउने व्यक्तिलाई बाहेक अरूलाई धेरै लेख्न–बोल्न त्यति चासो लाग्नु नपर्ने कुरा हो ।

वामपन्थी सपनाको वियोगान्त

विसं २००६ मा सुरु भएको ‘माक्र्सवादलाई नेपाली सन्दर्भमा विकास गर्ने’ सिलसिला ६८ वर्षका बिभिन्न वाम विद्रोह, क्रान्ति र आन्दोलनका प्रयोगहरूको चरण पार गरेर अहिले अर्को रोचक घुम्तीमा आइपुगेको छ । इतिहासको त्यो घुम्ती अहिले नेकपा—एमाले र माओवादी केन्द्रको तालमेलले प्राप्त गरेको चुनावी विजयको उत्साह र घोषित पार्टी एकताको भविष्यको आशा र संशयमा आएर अडिएको छ ।