एजेन्सी

एजेन्सीका लेखहरु :

चिनियाँ ह्याकर 'भोल्ट टाइफुन' ले अमेरिकी पूर्वाधारहरूलाई निशाना बनाएको एफबीआईको आरोप 

ऊर्जा र पाइपलाइनजस्ता प्रमुख पूर्वाधार परियोजनाहरूमा चिनियाँ राज्य समर्थित ह्याकर समूहहरूबाट पछिल्ला दिनमा भएको ह्याकिङ आक्रमणको प्रयासलाई आफूहरूले निस्तेज तुल्याएको अमेरिकी संघीय अनुसन्धान विभाग (एफबीआई)ले दाबी गरेको छ ।

ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा जाने

च्याटजीपीटी निर्माता ओपेनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरिएका साम अल्टम्यानलाई अर्को ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले नियुक्त्त गर्ने भएको छ । शुक्रबार ओपेनएआईको बोर्डले वक्तव्य जारी गर्दै सो कम्पनी चलाउन अल्टम्यान सक्षम नदेखिएको भन्दै कम्पनीबाट बर्खास्त गरेको जानकारी दिएको थियो ।

आफ्नै एआई चिप निर्माणको तयारीमा ओपनएआई

च्याटजीपीटी लगायत विभिन्न चर्चित आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्महरूको निर्माता कम्पनी ओपनएआईले आफ्नै एआई चिप निर्माण गर्ने पहल थालेको छ । एडभान्स्ड चिप बजारमा भएको अभाव समाधानका लागि ओपनएआईले उत्पादकर्ता कम्पनीहरू खाका बनाइ ती कम्पनी खरिद गर्ने योजना बनाएको छ । 

आईफोन-१५ मा भिडभाडमा साथी भेट्न सहज बनाउने सुविधा

नेपाली समयअनुसार मंगलबार राति सार्वजनिक भएको आईफोन १५ को एउटा खास विशेषता भनेको 'प्रिसिजन फाइन्डिङ' सुविधा हो । यो इनेबल गरेपछि प्रयोगकर्ताको मोबाइल स्क्रिनमा नजिकै रहेका आफ्ना साथीभाइसम्म पुग्ने नक्सा देखापर्छ । बसपार्क, बजारजस्ता भीडभाड हुने स्थानमा फोन गर्दा नसुनिने समस्या हटाउन एप्पलले यो सुविधा थपेको जनाएको छ ।

चिप उत्पादन क्षेत्रमा ४० अर्ब डलरको लगानी थप्दै चीन सरकार 

अमेरिकाले आफ्नो सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गरी एकपछि अर्को प्रतिबन्ध घोषणा गरेपछि चीनले त्यसको सामना गर्न सरकार समर्थित लगानी कोष स्थापना गर्ने तयारी गरेको छ । कुल ४० अर्ब अमेरिकी डलर अर्थात ३०० अर्ब युआन बराबरको हुने सो कोषले अमेरिकी प्रतिबन्धका कारण मारमा परेका सेमिकन्डक्टर क्षेत्रलाई प्रतिस्पर्धी बन्न सघाउने उद्देश्य राखिएको छ । 

२०२३ मा विश्वका अर्बपतिहरूको सम्पत्ति मूल्य ५ खर्ब डलर घट्यो 

फोर्ब्सले सन् २०२३ का विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । विश्वका २ हजार ६४० अर्बपतिहरु फोर्ब्सको सूचीमा परेका छन् । यी अर्बपतिहरुको सम्पत्ति अहिले १२२ खर्ब डलर (१२. २ ट्रिलियन) भएको छ । २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरुको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) झरेको छ ।

ओपनएआईका प्रमुख भन्छन्: मस्क मूर्ख हुन्

अर्बपति टेक धनाढ्य इलन मस्क र च्याटजीपीटी निर्माता ओपनएआईबीचको वाकयुद्ध बढ्दै गएको छ । केही दिनअघि मस्कले प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टले ओपनएआईमा गरेको लगानी बापत कम्पनीको कोडबेसमा विशेष पहुँच बनाउन सफल भएको भन्दै ट्टिटरमार्फत् प्रत्यक्ष आलोचना गरेका थिए ।

गुगलले तयार पार्‍यो च्याटजीपीटीकै मोडलको बार्ड एआई

गुगलको अभिभावक कम्पनी अल्फाबेटले आफ्नै नयाँ च्याटबट तयार पारेको घोषणा गरेको छ । गुगललाई कडा चुनौति दिनसक्ने भनेर चर्चा भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम च्याटजीपीटी पछिल्लो समय अत्यधिक लोकप्रिय रहेका बेला प्रतिस्पर्धीकै रुपमा गुगलले च्याटबट तयार गरेको हो । 'बार्ड' नाम दिइएको उक्त्त च्याटबट हाललाई 'विश्वसनीय परीक्षक'लाई परीक्षणका लागि दिने र आउँदो साता सर्वसाधरणलाई उपलब्ध गराउने गुगलले जनाएको छ ।

उत्पादन कटौती हुँदा पनि कच्चा तेलको भाउ घट्यो 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० अमेरिकी डलरभन्दा तल झरेको छ । बुधबार साढे १२ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९.५ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७७.७, डब्लूटीआई तेलको मूल्य ७४.३ डलरमा झरेको छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा 'जिका भाइरस' संक्रमितको संख्या ७९ पुग्यो  

नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेश राज्यको कानपुरमा लामखुट्टेले सार्ने जिका भाइरस संक्रमित १३ नयाँ रोगी भेटिएका छन् । योसँगै उत्तर प्रदेश राज्यमा जिका भाइरस संक्रमित रोगीको संख्या ७९ पुगेको छ ।