अजित तिवारी

पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

अजित तिवारीका लेखहरु :

मधेशमा नेकपा एसकी लुङ्गेलीलाई श्रम तथा यातायात मन्त्रालय

मधेश सरकारकी मन्त्री वेची लुङ्गेलीले श्रम तथा यातायत मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनले बिहीबारै मन्त्रालय पुगेर कार्यभार समेत सम्हालेकी छन् ।

धनुषाको औरहीमा स्थानीय र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

धनुषाको औरही गाउँपालिकामा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका स्थानीयलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो । 

माओवादी केन्द्रका नेता शर्मा दम्पती जसपा प्रवेश

तत्कालीन मधेशी जनअधिकार फोरम छँदा नै उपेन्द्र यादवको सारथी बनेका महोत्तरीका माओवादी (केन्द्र)का नेता रामकुमार शर्माले आइतबार जनता समाजवादी पार्टी (जसपा)मा फर्किएका छन् । उनलाई जसपा अध्यक्ष यादवले पार्टीमा प्रवेश गराएका छन् । 

मधेशका मुख्यमन्त्रीलाई चौथो पटक विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभामा कांग्रेस, जनमत र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् । 

मधेश प्रदेशसभामा तोडफोडमा उत्रिए सांसद

मधेश प्रदेशसभाका सांसदहरू तोडफोडमा उत्रिएका छन् । मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने बैठक चलिरहँदा जनमत पार्टी र कांग्रेसका सांसदहरू तोडफोडमा उत्रिएका हुन् ।

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ ।  मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिइरहेकै दिन मंगलबार लोसपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । 

मधेशका चापाकल सुक्न थाले, सहयोग गर्नुस् : मुख्यमन्त्री यादव

सुख्खायाम सुरु भएसँगै मधेशमा खानेपानीको समस्या बढेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवले खानेपानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने माग गरेका छन् । 

प्रदेश सरकारसँग सभामुखका गुनासै-गुनासा

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री तथा मन्त्रीहरुको पकेट क्षेत्र र जिल्लामा मात्रै विकासका योजना केन्द्रीकृत गरिएको गुनासो गरेका छन् । उनले जनसंख्याको तथ्यांकले आवश्यक देखाएको योजनातिर ध्यान नदिएर प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु आफूकेन्द्रीत विकासका योजना ल्याउने गरेको भन्दै आपत्ति जनाए । 

काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा ४ जहाज होल्ड

काठमाडौंको मौसम बिग्रिँदा जनकपुर विमानस्थलमा बिहीबार बिहान ४ वटा जहाज होल्ड भएका छन् । मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेको ३ वटा जहाजलाई भने जनकपुर विमानस्थलमा डाइभर्ट गरिएको छ ।