अनिश रेग्मी

प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गरेर फर्किएपछि भने - 'म स्वस्थ छु'

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा स्वास्थ्य परीक्षण गरी सोमबार स्वदेश फर्केका छन् । उनी १२ बजेर ३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । ओली १० दिन अघि सिंगापुर गएका थिए । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकहरुले फलो-अपका लागि सिंगापुर जान सुझाएका थिए । सिंगापुर जानु अघि प्रधानमन्त्री ओलीको सैनिक अस्पताल छाउनीमा परीक्षण गरिएको थियो । उक्त परीक्षणपछि ओली सिंगापुर गएका हुन्  । ओलीको सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयुएच)मा स्वास्थ्य परीक्षण गरिएको थियो ।

तस्बिरमा काठमाडौं–कोरा साइक्लिङ

यो वर्षको काठमाडौं–कोरा साइक्लिङ च्यालेन्ज २०१९ शनिबार आयोजना गरिएको छ । पाटन दरबार स्क्वायरबाट सुरु भएको साइकलिङमा २५०० जना सहभागी भएका छन् । एक सय, ७५ र ५० किलोमिटर गरी तीन तहमा दौड आयाेजना गरिएकाे हाे । 

विज्ञापनविरुद्ध लोकसेवा अगाडि प्रदर्शन

लाेकसेवा आयाेगले स्थानीय तहका लागि खाेलेकाे विज्ञापन खारेजीकाे माग गर्दै आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाले आयोग कार्यालय अगाडि प्रदर्शन गरेका छन्। विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोकसेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन एक दिनअगाडि त्यसको खारेजी माग गर्दै प्रदर्शन गरेका हुन् । आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन समेत दिएको थियो । सर्वोच्च अदालतले मंगलबार विज्ञापनलाई वैधानिकता दिएपछि प्रक्रिया अघि बढाउने सम्बन्धमा रहेको अन्योल हटेको हाे ।

पाइडलमा जीवन

साइकलको पाइडल जति घुम्यो त्यति फाइदा  । जसरी डाइनामोको गतिमा बिजुलीको निर्भर हुन्छ, जीवनरुपी साइकल पनि पाइडलको गतिमा  ।

उडी जाऊँ भने... !

 ‘आकाशमा त कति सानो देखिन्थ्यो, जमिनमा त ठूलो हुँदो रैछ,’ त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा जहाज हेरेपछि शनिबार कृष्णबहादुर तामाङले भने  ।

अनिश रेग्मीका लेखहरु :

यसरी सम्झिइयो मातातीर्थमा आमालाई [फोटोफिचर]

चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी)का दिन यहाँ मेला लाग्ने गर्दछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।