२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तस्बिर : अनिस रेग्मी

तस्बिर : अनिस रेग्मीका लेखहरु :

फूलमा मौरी डुल्ने बेलामा...[तस्बिरहरु]

काठमाडौंका सडक वरपर यतिबेला सेता, गुलाबी र रातो रङका फूलले रंगीचंगी देखिएका छन् । सडकका दायाँबायाँ रोपिएका आरु प्रजातिका बोटमा फूल फुल्न थालेसँगै काठमाडौं सहरलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ । नेपालमा १५ किसिमका आरु प्रजाति (प्रुनस) पाइन्छन् । केही फल र केही बोट सजावटका लागि प्रयोग गर्ने गरिएको छ ।

निर्मला कुर्मीका लागि न्याय : रुबी खानसहितका प्रदर्शनकारी पक्राउ

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्युको चित्तबुझ्दो छानबिन गरी दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शनमा उत्रिएका रुबी खानसहितका अधिकारकर्मीलाई पक्राउ गरिएको छ ।

म्यादीमा भर्ना हुन दरखास्त दिनेको भीड

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आजबाट ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट एक साथ म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ । २०७९ मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी भर्ना गर्न यसअघि नै सरकारले स्वीकृति दिएकोमा बिहीबारबाट उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसर तथा जिल्ला बाहिर जिल्ला प्रहरी कार्यालयबाट भर्ना आवेदन खुलाएको हो ।

त्रिचन्द्र पुनर्निर्माणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

भूकम्पले जीर्ण बनाएको काठमाडौंस्थित त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्नुपर्ने माग राख्दै कलेजका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार कलेज अगाडि विद्यार्थीहरू जम्मा भएर लामो समयदेखि जीर्ण अवस्थामा रहेका कलेजका भवनहरूको पुनर्निर्माण र स्तरोन्नती नगरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

१८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा 'टिनएजर'

सिन्धुलीका डोरबहादुर खपांगी विश्वकै सबैभन्दा होचा 'टिनएजर' (किशोर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गराएका छन् ।

उपत्यकाको प्रदूषित आकाश [फोटोफिचर]

काठमाडौं उपत्याकाको आकास केही दिनदेखि नै धुलो र प्रदूषणले ढाकिँदा मौसम खुल्न सकेको छैन । वायुमण्डल नै यसरी प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकाको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्डभन्दा १३ गुणा बढी पुगेको छ । वायुमण्डलमा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण पीएम २.५ हुन् । यीनले मानव स्वास्थ्यलाई असर गर्ने बताइन्छ ।

प्रविधिले फड्को मारेपछि...

म सानो छँदा हरेक साँझ घरमा ठूलाबडाहरू घेरा हालेर शान्त भएर सुन्ने गर्नुहुन्थ्यो– रेडियो । नबुझे पनि उहाँहरूसँगै म पनि सुन्न बस्थें । ती क्षण मस्तिष्कमा ताजै छन् । अनि त्यो रेडियो पनि । मोटा र ठूला एभरेडी ब्याट्री लाग्ने, लामो एरियल, माथि तानेर बजाउनुपर्ने । ती रेडियो आजभोलि सायदै प्रयोगमा होलान् । जीवनको कुनै क्षणमा हाम्रो पुस्तासम्मले त्यो देख्न र प्रयोग गर्न पाए पनि अबको पुस्तामा त्यसको महत्त्व छैन ।

बार दिवसका दिन सर्वोच्चमा धर्ना, बानेश्‍वरमा विचार गोष्ठी [तस्बिरहरू]

बार दिवस-२०७८ का उपलक्ष्यमा पनि नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा धर्ना दिनुका साथै बानेश्‍वरसम्म र्‍याली आयोजना गरेर विचार गोष्ठी आयोजना गरेको छ । उक्त कार्यक्रमा बार एसोसियसनका अध्यक्ष चण्डेश्व श्रेष्ठका साथै बार पदाधिकारीहरु र वरिष्ठ अधिवक्ताहरुको सहभागिता रहेको थियो ।

तस्बिरमा त्रिविको ४७औं दीक्षान्त समारोह

त्रिभुवन विश्विवद्यालय(त्रिवि)को ४७औं दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ । त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले ५९औं ग्रेस लिस्टमा समावेश भएका २९ हजार ७ सय २९ जना दीक्षित भएका छन् । त्यसमा विद्यावारिधि, डीएम/एमसीएच, दर्शनशास्त्री (एमफिल), स्नातकोत्तर र स्नातक तहका छन् । कोभिड–१९ महामारीपछि दुई वर्षयता बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा समारोहको आयोजना गरिँदैआएको छ । दीक्षान्तमा उपाधि लिने, स्नातकोत्तर र स्नातकमा सर्वोत्कृष्ट विद्यार्थीलाई मात्र आमन्त्रण गरिएको थियो ।