२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भूषिता वशिष्ठ

भूषिता वशिष्ठका लेखहरु :

सीता कसकी ?

२५ वर्षअघि मात्रै पनि सप्तरीमा विद्युत् दुर्लभप्रायः थियो । सूर्यास्तसँगै घर वरपरका नीम, सिसौका बुटामा जूनकिरीले आफ्नो शीतल साम्राज्य फैलाउँथे । सन्ध्याको लालीमा क्रमशः घूरको धुवाँले मैलिँदै जाँदा हाम्रो बार्दलीको पिलपिले चिम बल्थ्यो, तर बलेको केही क्षणमै अँध्यारोले नियास्रिएका पुतलीले गिजोलेर बत्ती जूनकिरीभन्दा मलिन हुन्थ्यो । त्यही ग्राम्य–गोधूलिमा हो मैले पहिलोचोटि सीतालाई भेटेको ।