विभु लुइटेल

रियलमा रिलका चरित्र

इचिगो कुरोसाकी सबैलाई सहयोग गर्ने चरित्र हो । त्यसैले ऊजस्तै बनेर आएँ,’ भृकुटीमण्डपमा आयोजित कमिक कनमा भेटिएका २० वर्षीय कपिल ठकुरीले बताए । उनीजस्तै करिब साठीजना कमिक तथा फिल्मबाट आफूलाई मन पर्ने चरित्रजस्तै वेशभूषामा सजिएर आएका थिए । उनीहरूसँग फोटो तथा सेल्फी खिच्नेको ताँती लागेको थियो । ठकुरी भन्छन्, ‘सेलिब्रिटीजस्तै अनुभूति भयो ।’

पाइलाको फड्को

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीद्वारा स्थापित ‘पाइला’ ले रोबोट उत्पादन गरेर स्थानीय बजारमा ल्याइसकेको छ । विश्वका सयौं देशका प्रतिस्पर्धीसँग पाइलाले डेनमार्कको कोपनहेगनमा नोभेम्बर २०१८ मा हुने ‘स्टार्टअप ओलम्पिक्स’ मा पनि प्रतिस्पर्धा गर्दैछ ।

नेपाल चिनाउने एआई

नेपाली विद्यार्थीहरु इडा रिजाल, मिलन थापा र शिशिर श्रेष्ठको टिम ‘सोचवेयर’ ले बनाएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप्लिकेसन ‘ई–एग्रोभेट’ माइक्रोसफ्ट इमेजिन कप २०१८ मा उत्कृष्ट ठहरियो ।

पुराना गाडी नयाँ गन्तव्य

अमेरिकाको न्युयोर्क राज्यको ज्याक्सन हाइट्समा पासाङ थिन्लेले फुड ट्रक ‘म:म ब्रोज’ सञ्चालन गर्न थालेको डेढ वर्ष बढी भयो । यसको ख्याति यति छिट्टै फैलियो कि थिन्लेले अमेरिकाका अन्य ठूला सहरमा शाखा विस्तार नगरी सुखै पाएनन् । बिफ, चिकेन र भेज म:म बेच्दै सुरु भएको यो फुड ट्रकमा विस्तारै अन्य परिकार पनि पाइन थाल्यो ।

विभु लुइटेलका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।