बिनु तिम्सिना

छात्रवृत्ति लिन आएनन् विद्यार्थी

प्रदेश सरकारको डाक्टर उत्पादन गर्ने कार्यक्रम (जनता चिकित्सा शिक्षा) प्रभावकारी नहुने देखिएको छ । प्रदेशमा सेवा दिने सर्तका साथ आहान गरेको एमबीबीएस अध्ययन छात्रवृत्तिको दरखास्त फारम ५ जनाले मात्रै भरेका छन् ।

डेढ तोलाको सुनको सिक्री नपाए बेहुली नलाने अडान लिएपछि बेहुला पक्राउ

मोरङ जहदा गाउँपालिकाकी २१ वर्षीया मञ्जु (नाम परिवर्तन)को गत फागुन १० गते जहदाकै २४ वर्षीय लक्ष्मण राजवंशीसँग विवाह पक्का गरियो । दुवै परिवार र केटाकेटी दुवैबीच जेठ ३ गते विवाह गर्ने सहमति गरियो । 

शैक्षिक तालिम केन्द्रको अन्योल–'हामी कता ?’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खारेज गरेको शैक्षिक तालिम केन्द्र मोरङको भौतिक संरचना कसले प्रयोग गर्ने भन्ने टुंगो नलाग्दा कर्मचारी अलपत्र परेका छन् ।

बाँसको जीर्ण पुलकै भर

विराटनगरको एक निजी विद्यालयमा कक्षा ५ मा अध्ययनरत मोरङ जहदा गाउँपालिका ४ का विक्रम ठाकुरलाई विद्यालय जान स्थानीय लोहन्द्रा खोला तर्नँपर्छ । खोलामा पुल छैन । गाउँका अगुवा मिलेर खोलामा बाँसको पुल बनाएको पनि वर्षाैं भइसक्यो ।

सञ्चार विधेयक पास हुन दिदैनौँ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसद्मा पास हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् ।

बिनु तिम्सिनाका लेखहरु :

सख्मा टोलमा ट्युबवेल गाडियो

बुढीगंगा गाउँपालिका-२ सख्मा टोलमा उखेलिएको ट्युबवेल बिहीबार गाडिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर सम्पर्क विहीन भएपछि थापा परिवार र ऋषिदेव परिवारबीच भएको विवादका कारण ऋषिदेव बस्तीको ट्युबवेल थापा परिवारले उखेलिदिएको थियो ।

दोहोरो नागरिकताको छानबिन सुरु

भारत र नेपाल दुवै देशको दोहोरो नागरिकता लिने सुनसरी इनरुवाका व्यापारी छगनलालको विषयमा प्रशासनले छानबिन सुरु गरेको छ । सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले यस विषयमा छानबिन सुरु गरेको बताएको छ ।

गोदामबाटै मल गायब

रासायनिक मलको हाहाकार भइरहेका बेला विराटनगस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोसी कार्यालयको गोदामबाट लाखौं मूल्यको मल गायब भएको छ । सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १ सय ६७ बोरा रासायनिक मल भण्डारण गरिएको गोदामबाटै हराएको हो । 

उखेलिएको ट्युबवेल तुरुन्त गाड्न मोरङ प्रहरीको निर्देशन, सनी र सिर्जनाको खोजी तीव्र

मोरङ प्रहरीले बुढीगंगा गाउँपालिका २ सख्मा टोलमा उखेलिएको ट्युबवेल तुरुन्त पुनस्थापनामा सहयोग गर्न इलाका प्रहरी कार्यालय नेमुवालाई निर्देशन दिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर बेपत्ता चैत १८ गतेदेखि बेपत्ता छन् । यही घटनालाई लिएर वर्षौंदेखि एकापसमा मिलेर बसेका ऋषिदेव परिवार र थापा परिवारबीच दुस्मनी बढेपछि ऋषिदेव परिवारले प्रयोग गर्दै आएको सामूहिक ट्युबवेल थापा परिवारका सदस्यले उखेलिदिएका थिए । 

अन्तरजातीय बिहेपछि मुसहर समुदायले पानी पाएन  

मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव -मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु ।