बुद्धिसागर मरासिनी

बुद्धिसागर मरासिनी समसामयिक, युवा तथा अन्तर्राष्ट्रिय विषयमा कलम चलाउँछन्।

बुद्धिसागर मरासिनीका लेखहरु :

प्रभावशाली आलिया र देव

बलिउड अभिनेत्री आलिया भट्ट बेलाबेलामा चर्चा र विवादमा आइरहन्छिन् । यस पटक भने उनी प्रतिष्ठित टाइम म्यागजिनका कारण चर्चामा आएकी हुन् । र, यसको कारण हो, म्यागजिनले सार्वजनिक गरेको प्रभावशाली एक सय व्यक्तिहरूको सूची । बिहीबार सार्वजनिक २०२४ का सबैभन्दा प्रभावशाली एक सय व्यक्तिको सूचीमा आलिया कलाकारिता विधामा अटाएकी हुन् ।

र्‍याफ्टिङ गराउने रिसोर्ट मालिक

जीवनमा सफल हुन के गर्नुपर्ला ? दुईमत छैन, मिहिनेत र निरन्तरको संघर्ष । योजनाबद्ध खटाइ र दृढ इच्छाशक्ति भए आफ्नो कर्ममा सफलता पाउन नसक्ने कुरै छैन । त्यसैमध्येका एक हुन्, पर्यटन व्यवसायी उद्धव कँडेल । र्‍याफ्टिङ गाइडका रूपमा लामो समय त्रिशूलीको पानी नापेका छन् उद्धवले । जीवनमा सबैखाले दुःख, पीडा भोगेका छन् । संघर्षलाई नजिकबाट नियालेका छन् । तर त्यही दुःख, पीडा र गहिरो अनुभवले भने आज उनलाई सफल उद्यमीका रूपमा उभ्याएको छ । 

क्यान्सरसँग जुधिरहेकी राजकुमारी केट

सुन्नेबित्तिकै आङै सिरिंग हुने रोग हो, क्यान्सर । सामान्य बुझाइमा क्यान्सर लाग्नु भनेको ‘समस्याको पहाड’ हो । तर क्यान्सरको संक्रमण हुनु भनेको जीवनको अन्त्य नै हुनु भने होइन । यसको उपचार सम्भव छ र हुन्छ । तर त्यसका लागि समयमै पहिचान हुन भने अत्यावश्यक छ । 

बेलुनमा मान्छे उडाउने व्यवसाय

स्वरसम्राट् नारायण गोपालले गाएको कालजयी गीत छ, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ । चाँदनी शाहले लेखेका गीतका अजरअमर शब्द कतिपयको जिन्दगीसँग ठ्याक्कै मिल्छन् । त्यसैमध्येका एक हुन्, साहसिक पर्यटन उद्यमी विक्रम बाडे । तर बाडेका लागि फरक पार्नेचाहिँ मान्छेको होइन, बेलुनको माया हो । त्यसैले त उनलाई नजिकबाट बुझ्नेले भन्ने गर्छन्, ‘एउटा बेलुन–सपना कति फरक पार्दछ जिन्दगीमा ।’ 

बाइडेन–ट्रम्प फेरि टक्कर 

अमेरिकामा सात दशकपछि पहिलो पटक राष्ट्रपतीय चुनावमा अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी आमने–सामने हुँदै छन् । यसअघि सन् १९५६ मा रिपब्लिकन राष्ट्रपति ड्वाइट डी आइजनहावरले डेमोक्रेटिक उम्मेदवार एड्लई स्टेभेन्सनलाई दोस्रो पटक पराजित गरेका थिए । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलका तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन दलका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार हुने निश्चित भइसकेको छ । 

पुटिनको शासन लम्ब्याउन अर्को चुनावको मञ्चन

बर्लिन पर्खाल ढलेको केही साता बितिसकेको थियो । पूर्वी जर्मनीको साम्यवाद आफ्नै खुट्टामा ढल्दै थियो । जनताको शक्तिलाई कसैले छेक्न सक्ने अवस्था थिएन । १९८९ डिसेम्बर ५ को कुरा हो, ड्रेस्डेन सहरस्थित स्टासी (पूर्वी जर्मनीको गुप्तचर प्रहरी) मुख्यालयमा प्रदर्शनकारीले आक्रमण गरेसँगै प्रहरी आफैं असहाय देखिएको थियो ।

तीन महिनामै घेरिए अर्जेन्टिनाका ‘पपुलिस्ट’ राष्ट्रपति

सक्रिय राजनीतिमा प्रवेश गरेको छोटो समयमै देशको उच्च पदमा निर्वाचित हुन सफल व्यक्ति हुन्– हाभियर मिलेई । २०१८ को अक्टोबरमा राजनीतिमा सक्रिय भएका उनी पाँच वर्षेमै अर्जेन्टिनाको राष्ट्रपति निर्वाचित हुन सफल भएका थिए । उनका चुनावी एजेन्डा र प्रस्ट बोल्ने शैलीले नै उनलाई त्यो सफलता दिलाएको जनविश्वास थियो ।

८६ देशका युवा जोड्ने दिवाकर

करिब डेढ दशकअघि राम्रै अंक ल्याएर एसएलसी पास गरेका धादिङका दिवाकार अर्याल हेल्थ एसिस्टेन्ट (एचए) पढ्न चाहन्थे । तर परिवारको आर्थिक अवस्था भने उनले सोचअनुकूल नभएकाले उनले इच्छाअनुसारको पढाइ गर्न पाएनन् । पैसाकै कारण आफ्नो इच्छा मार्न परेपछि क्याम्पस पढ्न भनेर काठमाडौं छिरे । 

युद्धका दुई वर्ष : जित्न नसकेको रुस, हार्न नचाहेको युक्रेन

लोकतान्त्रिक मुलुकमा आवधिक निर्वाचनहरू आउँछन्, जान्छन् । चुनावमार्फत निश्चित समयका लागि नेतृत्व चयन हुन्छ । मतदाताको मनसँगै मत जित्नेले देशको नेतृत्व लिन्छन् भने पराजितका लागि अर्को चुनाव पर्खिनुको विकल्प हुँदैन । तर भ्लोदिमिर जेलेन्स्की राष्ट्रपतिमा विजयी भएको २०१९ मार्च ३१ को युक्रेनको चुनाव भने यस अर्थमा केही फरक छ ।

पाकिस्तानमा लोकतन्त्र फेरि संकटमा 

लामो समयको राजनीतिक खिचातानी, आरोप–प्रत्यारोप, सैनिक नेतृत्वको हस्तक्षेप र हिंसाबीच पाकिस्तानमा बिहीबार आमनिर्वाचन सम्पन्न भयो । विगतका चुनावको तुलनामा निकै ढिलो गरी नतिजा पनि सार्वजनिक भएको छ । तर, सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन कुनै पनि दल सफल भएका छैनन् ।