छपाल लामा

छपाल लामाका लेखहरु :

काम गरेको ज्याल नपाउँदा जिल्ला प्रशासन कार्यालयमा उजुरी

हुम्लाको सिमकोट गाउँपालिका ७ को डाडाफयामा रहेको चुक्याडी खानेपानीको काम गरेको एक वर्ष बितिसक्दा पनि ज्याला नपाएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । आर्थिक वर्ष ०७८/७९ को लापा संस्थाबाट सञ्चालन भएको योजनाको काम गरेको एक वर्ष बितिसक्दा पनि ज्याला नपाएपछि स्थानीयले जेठ ९ गते उजुरी दिएका हुन् ।

कर्णाली पार गर्न तुइनबाटै खाद्यान्न ढुवानी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका केही क्षेत्रमा तुुइनबाटै खाद्यान्न ढुवानी गर्दै आएको छ । कर्णाली नदी माथि पुुल नभएपछि नयाँ तुुइन निर्माण गरेरै खाद्यान्न ढुवानी गर्न थालिएको हो । कम्पनीका हुुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुुसार जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिका जाेड्ने सलीसल्लास्थित कर्णाली नदीमा तुुइनबाट ढुवानी हुँदै आएको हो ।

ऋण लिएर हेलिकप्टरबाट सुत्केरीको उद्धार

हुम्लाको दक्षिणी भेगमा रहेको चङखेली गाउँपालिकाको नेप्का गाउँमा सुत्केरी भएको तीन दिनदेखि नै रक्तश्राव भइरहेकी एक महिलाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसका रोकाया विजयी

हुम्लाको दक्षिण भेगको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया निर्वाचित भएका छन् ।

हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार निर्वाचित

हुम्लाको सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजय भण्डारी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुशिला रोकाया निर्वाचित भएका हुन् । 

हुम्लाको चंखेली गाउँपालिकामा पुनः मतदान हुने

हुम्लाको चंखेली गाउँपालिका २ को महादेव माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुनः मतदान कार्य हुने  भएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरीका आधारमा आयोगले सो मतदान केन्द्रको मतदान कार्य पुनः गर्ने निर्णय गरेको हो ।

खार्पुनाथ गाउँपालिकामा मत गणनास्थल बाहिर झडप हुँदा ३ जना घाइते, एकको अवस्था गम्भीर

जिल्लाको खार्पुनाथ गाउँपालिकाको मतगणनास्थल बाहिर भएको झडपमा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

लिमीको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने 

नाम्खा गाउँपालिका ६ लिमीको मतपेटिका आइतबार मात्र हेलिकोप्टरबाट ढुवानी हुने भएको छ । मतदान कार्य वैशाख ३० गते शुक्रबार नै सम्पन्न भए पनि शनिवार हेलिकोप्टरको व्यवस्था हुन नसकेपछि आइतबार मात्र लिमीका मतपत्र ढुवानी हुने भएको हो । 

चंखेली गाउँपालिका-२ मा पुन: मतदान गर्न गठबन्धनको माग

हुम्लाको चंखेली गाउँपालिका २ मा गठबन्धनले पुन: मतदानको माग गरेका छन् । स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै गठबन्धन दलहरुले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका हुन् ।

हुम्लामा चंखेलीमा उम्मेदवारबीच झडप

चंखेली गाउँपालिका २ महादेवा माविस्थित मतदान केन्द्रमा गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारबीच झडप भएपछि सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ ।