भवानीशंकर भट्टराई

देवी उपासनाको मर्म

देवीले हामीलाई शक्ति अर्थात् ऊर्जा दिन्छिन्, मनोवैज्ञानिक सामथ्र्य दिन्छिन्, हामीभित्रका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता दानवलाई परास्त गरेर दैवी शक्ति उदय गराउने आत्मबल प्रदान गर्छिन्  । त्यसैले हामी प्रतिवर्ष देवीको उपासना गर्छाैं  ।

किन लगाउने जनै ?

जनै (यज्ञोपवित) लगाउने कुरा उप्कायो भने हिजोआजका सनातनी युवाले भन्ने गर्छन्– जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? ज–जसलाई जनै अल्झन मात्र लाग्छ, तिनलाई कि यज्ञोपवितको महत्त्व थाहा छैन, कि त उनीहरू यसलाई काँचो धागो मात्र ठान्छन् ।

गुरुको गरिमा

स्मृति, नीतिशास्त्र, धर्मशास्त्र र पुराणले गुरुलाई अत्यन्तै आदरका साथ प्रस्तुत गरेका छन् । सोही अनुसार गुरुका अर्थ अनेक छन् : महनीय, गह्रुङ्गो, उपदेशक, मार्गदर्शक, जागरणकर्ता, विद्यादाता, सङ्गीतज्ञ, कलाकोविद, गायत्रीमन्त्र सिकाउने, दीक्षा दिने, आचार्य, सन्त–महन्त, ग्रन्थका रचयिता आदि ।

आदिकविबारे केही तथ्य

आदिकवि भानुभक्त आचार्यको जीवनीबारे पहिलो अनुसन्धाता मोतीराम भट्ट हुन् । उनले ‘आदिकवि भानुभक्तको जीवनचरित्र’ (१९४८) प्रकाशित गरेका छन् । उनीपछि भानुभक्तको जीवनीमाथि कलम चलाउने व्यक्ति शम्भुप्रसाद ढुङ्ग्याल हुन् । तर उनको पुस्तकले मोतीरामद्वारा प्रस्तुत जीवनीमा खासै नयाँ कुरा पाइँदैन । सूर्यविक्रम ज्ञवालीले विसं १९८६ मा भानुभक्तको रामायणलाई सम्पादनसहित प्रकाशित गर्दा भूमिका खण्डमा ‘भानुभक्तीय जीवनी’ लेखेको देखिन्छ ।

भवानीशंकर भट्टराईका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।