विस्मृतप्राय: ग्रीक र ल्याटिनका प्राचीन ग्रन्थ पढी विक्रमको पन्ध्रौँ शताब्दीदेखि यूरोपमा तिनको गुणदोषको परीक्षा गर्ने चलन चल्दा प्राचीन विद्याको पुनरुत्थान भयो र यसलाई पुनर्जागरण भन्ने नाउँ दिइयो । यूरोपका विद्वान्हरूले ग्रीक र ल्याटिन भाषा गहिरिएर पढ्न ठूलो परिश्रम गरे, यसमा उनीहरू सफल पनि भए ।