गोविन्द पोखरेल

सैनिक संग्रहालय : थरिथरिका हतियारदेखि महेन्द्रको रोयल्स रोयससम्म (फोटोफिचर)

गेहेन्द्र शमशेर नेपालका पहिलो वैज्ञानिक हुन् । उनले नेपाली सेनाका लागि विभिन्न हतियार बनाए । उनले बनाएको हातहतियार तथा हतियार बनाउने मेसिनहरु हेर्न पाइएला भन्ने तपाईमा जिज्ञासा हुनसक्छ । भनिन्छ, देश बुझ्नु छ भने कि त घुम्नु कि त संग्रहालय जानू । संग्रहालय इतिहासको द्योतक हो, विगतलाई सुरक्षित राखिएको हुन्छ । गेहेन्द्र शमशेरका ती हतियार र मेसिनहरु अहिले पनि सुरक्षित छन् संग्रहालयमा ।

सिमेन्टले बढायो हरितगृह ग्यास उत्सर्जन

नेपालमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढेको छ । यसअघि हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका ०.०२७ प्रतिशत रहेको थियो । कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडलगायतलाई हरितगृह ग्यास भनिन्छ । 

वाह ! वसन्त ऋतु

जताततै विरुवाहरुको पालुवाले बनाएको हरियाली मौसम वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । शिशिर र ग्रिष्म ऋतुको बीचमा आउने वसन्त ऋतुको आगमनसँगै जतातै हरियाली देखिन्छ । चराचुरुंगीहरुको समधुर आवाजले प्रकृतिलाई थप रोमाञ्चित बनाइदिन्छ ।

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।

के हो ब्ल्याक होल ? 

अन्ततः वैज्ञानिकहरुले ब्ल्याक होल (कृष्ण छिद्र)को तस्बिर सार्वजनिक गरेका छन् । पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको एम–८७ तारापुञ्ज (ग्यालेक्सी)मा रहेको ब्ल्याक होलको पहिलो तस्बिर वैज्ञानिकहरुले बुधबार सार्वजनिक गरेका हुन् ।

गोविन्द पोखरेलका लेखहरु :

श्रीलंका टापु जान डुंगाकै भर [फोटोफिचर]

कोसी नदीको बीचमा अवस्थित छ सुनसरीको श्रीलंका टापु । यहाँ ५ हजारभन्दा बढी मानिसको बसोबास छ । जहाँ आदिवासी समुदायको बाहुल्यता छ । प्रकाशपुरबाट डुंगा चढेर श्रीलंका टापु पुग्न सकिन्छ । टापु पुग्न कोसीका दुई धारमा बगेको वहाव तर्नुपर्छ ।

कोसीमा च्यानल बनाउँदै भारतीय ट्रयाक्टर

कोसीमा आउने बाढीका कारण वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भारतले जथाभावी बाँध निर्माण गरिदिँदा वर्षात्‌को समयमा नेपालका दर्जनौं बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने गरेका छन् । 

यसरी बनाइँदै छ कोसीमा 'च्यानल' [फोटोफिचर]

कोसीमा आउने बाढीका कारण वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भारतले जथाभावी बाँध निर्माण गरिदिँदा वर्षात्‌को समयमा नेपालका दर्जनौं बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने गरेका छन् । कोसी नदीको नियन्त्रण भारतको हातमा छ । पूर्वी भागमा बाँध निर्माण गर्दा पश्चिममा असर गर्ने, पश्चिममा बाँध निर्माण गर्दा पूर्वी क्षेत्रमा असर गर्ने समस्या कोसीमा छ । राजबासमा भारतले बाँध बनाउँदा नदीको बहाव नै परिवर्तन भएको छ । जसका कारण आरक्ष क्षेत्रका सिमसारहरु सुकिरहेका छन् ।

आहारा खोज्दै बस्ती पस्न थाले वन्यजन्तु 

कोसी गाउँपालिका–३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । डरको कारण हो, वन्यजन्तु । बिहान सबेरै उठेर शौच वा अन्य कामका लागि घर बाहिर निस्कँदा अर्ना र हात्तीले आक्रमण गर्न सक्छन् ।

अर्धजंगली चौपायाले समस्या

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र हजारौंको संख्यामा अर्धजंगली गाईभैंसी छन् । ती आरक्षभित्रै बस्छन्, त्यहीँ चर्छन् । गाउँ फर्कन्नन् । जंगलमै ब्याउँछन्, बाच्छा, पाडा हुर्काउँछन् । अर्धजंगली चौपायाको संख्या १० हजार पुगेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यस्ता चौपाया आरक्षको पश्चिमीे सिमाना क्षेत्रमा बढी छन् ।