१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गोकुल थोकर

गोकुल थोकरका लेखहरु :

दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने

दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।  

'गाउँ आएको बाटो'का कलाकार र निर्देशकलाई कोरियामा सम्मान

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले चलचित्र 'गाउँ आएको बाटो'का निर्देशक कलाकारलाई सम्मान गरेको छ ।

विदेशी कामदारका लागि खोलिएका परामर्श केन्द्र बन्द गर्ने दक्षिण कोरयाली घोषणा

दक्षिण कोरियाली सरकारले सन् २०२४ देखि विदेशी कामदारहरूका लागि खोलिएका परामर्श केन्द्र बन्द गर्ने निर्णय गरेको छ । यस्ता सहयोग केन्द्रले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरियामा रहेका कामदारलाई कानुनी, स्वास्थ्य, बिमा र भाषा अनुवादमा सहयोग गर्दै आएको छ । 

विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे

सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार 'केपप कन्सर्ट' भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ । 

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आइतबार भएको निर्वाचनबाट अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन् । कोरियाली समयअनुसार दिउँसो २ बजेबाट सुरु भएको मतदान राति १० बजेसम्म चलेको थियो । अनलाइनमार्फत भएको मतदानमा गुरुङले १ हजार ५ सय २१ मत ल्याएका थिए ।

दक्षिण कोरियामा २०२४ मा कामदारको तलब बढ्ने

दक्षिण कोरियाले सन् २०२४ का लागि कामदारको तलब वृद्धि गर्ने भएको छ । मंगलबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा २.५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ८ सय ६० वन (९ सय ८० रुपैयाँ) निर्धारण गरेको हो ।  

ईपीएस हटाउन कोरियामा जोडबल

दक्षिण कोरियामा कार्यरत आप्रवासी श्रमिकको आधिकारिक ट्रेड युनियन प्रवासी श्रमिक युनियन (एमटीयूसी) ले जुन १८ तारिख सोलस्थित पोछन सोङरीमा जुलुस प्रदर्शन गर्‍यो । प्रवासी श्रमिकको अधिकारको प्राप्तिका लागि एमटीयूसीलाई ‘कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसीटीयू) ले प्रोत्साहन गर्छ ।

एनआरएनए कोरियाको महाधिवेशन जुलाईमा हुने

गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको नवौं महाधिवेशन नजिकिँदै गर्दा कोरियाका नेपालीहरुबीच चुनावी माहोल बढेको छ । जुलाईको ८ र ९ तारिखमा हुने अधिवेशनमा तीन जना अध्यक्षका प्रत्यासी छन् ।

कोरियामा एकै साता दुई नेपाली कामदारको मृत्यु

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो ।