दीपक परियार

गण्डकीकाे बजेट : डीपीआरमा जोड

विकास निर्माणका सन्दर्भमा धेरै सुनिने शब्द हो डीपीआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन । निर्माणको डिजाइन, त्यसका लागि लाग्ने समय, कुल जनशक्ति र कुल खर्च आदि डीपीआरमा उल्लेख हुन्छ । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेटले आयोजना सुरु गर्नेभन्दा डीपीआर तयारीमा जोड दिएको छ । 

होमस्टे सञ्चालकको गुनासो–'बजेट कनिका छरेझैं’

देशकै पहिलो होमस्टे स्याङ्जाको सिरुबारीले सामुदायिक भवन बनाउन ३४ लाख रुपैयाँको प्रस्ताव तयार गर्‍यो । प्रदेश सरकारले भवन निर्माणका लागि पुग्दो रकम दिएन ।

गण्डकीको बजेट ३२ अर्ब १३ करोड

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार रुपैयाँ (३८ प्रतिशत) र चालुगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार रुपैयाँ (६२ प्रतिशत) छुट्याइएको बताए । 

जम्दै बिच भलिबल

बालुवामाथि दुई/दुई खेलाडी दुईतिर । कोर्टको आकार र बल पनि भिन्दै । विदेशमा समुद्री किनारमा खेलिने बिच भलिबल नेपालमा भने ताल र नदी किनारमा खेलाइने गरिएको छ । 

दीपक परियारका लेखहरु :

कारागारभित्रै कारोबार

नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंहचौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन् चकित बन्यो जब कारोबार कारागारभित्रैबाट भएको पत्ता लाग्यो । 

पोखराको उत्तम चोकमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलायो, एक घाइते, एक फरार

पोखराको उत्तम चोकमा सादा पोसाकमा खटिएको लागु औषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली प्रहार गरेको छ ।

'६ महिनामा एकचोटि कक्षा’

पोखराको पुरुन्चौरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा नियमित कक्षा सञ्चालनको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मंगलबारदेखि क्याम्पसमै रिले अनशन थालेका हुन् । 

होटलको फोहोर सिधै फेवामा

दर्केर पानी पर्‍यो कि पोखराका सडकमा ठूलै भल बग्छ । त्यसको मौका छोप्न स्थानीय छतमा निस्कन्छन् र बोराका बोरा फोहोर मिल्काउँछन् । फोहोर बग्दैबग्दै तलतल पुग्छ । पोखराको जमिन केही भिरालो भएकाले कुनै सडकका भल सेतीमा मिसिन्छन्, कुनै फिर्के र बुलौंदी खोलामा ।

पोखरा स्पोर्टस् अवार्ड : युकेश र सुस्मी वर्ष खेलाडी

चौंथो संस्करणको पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ पाराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुलकन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा विभिन्न विधामा अवार्ड प्रदान गरेको हो ।