कुशल तिमल्सिना

फुपुले छाडिन् ओलम्पिक कोर्स

अन्तर्राष्ट्रिय पदक सम्भावना साकार पार्न नेपालले धेरै लगानी गरेको थोरै खेलाडीमा पर्छिन् ओलम्पियन जुडोकी फुपुल्हामु खत्री । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गत सोलिडारिटी कोर्स दुई पटकसम्म पाउने भाग्यमानी यी खेलाडीले दोस्रो कोर्स भने पूरा नगरी फर्किएकी छन् । 

यस्तो छ गोरु जुधाइको कथा

किम्बदन्ती के छ भने नुवाकोटमा दुई सय वर्षअघिदेखि नै मनोरञ्जनका रूपमा गोरु जुधाइ सुरु भएको हो । माघेसंक्रान्तिको दिन गोरु जुधाएर मनोरञ्जन लिने प्रथा जारी छ । त्यसलाई एकीकृत गरी तारकेश्वर नगरपालिका ३ (साविकको तारुका) गाविसमा बृहत गोरु जुधाइ महोत्सव सुरु भएको १३ वर्ष पुग्यो । 

कथा एम्पुटी फुटबलरको

विनोद मगरातीको जीवनमा २०७४, असोज २८ को दिन ठूलो वज्रपात बनेर आयो । जब वैदेशिक रोजगारीका क्रममा उनी साउदी अरेबियाको जेद्दामा दुर्घटनामा परे ।

सकियो ए डिभिजन लिग, च्याम्पियनलाई अन्तिम गाँसमा ढुंगा

अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग पराजित भएपछि सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिशत जितसाथ कीर्तिमान बनाउने मनाङ मस्र्याङदी क्लबको लक्ष्य पूरा हुन सकेन । ए डिभिजन लिगको कीर्तिमानी ट्रफी उचाल्नुअघिको हार मनाङका लागि खल्लो बन्यो । 

‘लक्की’ ललित

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २०७१ सालको राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर १ विराटनगरबाट एउटा १५ वर्षे किशोरले डेब्यु गरे । धेरै कमले मात्र पाउने अविस्मरणीय सफलता उनै किशोर क्रिकेटर ललितनारायण राजवंशीले पाए ।

कुशल तिमल्सिनाका लेखहरु :

धनगढी प्रिमियर लिग अक्सन : रूपन्देही आक्रामक, महेन्द्रनगर बलियो

आरिफ शेख, ललितसिंह भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजवंशीले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सनमा सर्वाधिक २ लाख ५० हजार रुपैयाँ मूल्य पाएका छन् । 

डीपीएल अक्सन सकियो [अपडेट]

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि अहिले अक्सन भइरहेको छ । डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडी मध्ये १ सय ९९ खेलाडी अक्सनका लागि उपलब्ध छन् ।

बेन्चका स्टार 

मनाङमस्र्याङ्दी क्लबले दुई खेल अगावै सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ को उपाधि कब्जा गर्‍यो । उसको च्याम्पियन यात्रामा मिडफिल्डर हेमन गुरूङ प्रभावशाली देखिए । दुवै खुट्टा उत्तिकै चलाउने उनको करिअरले उचाइ लिइरहेको छ ।

दशरथ रंगशाला पुनर्निर्माण : असार मसान्तकाे भाका

आठौंपल्ट सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेपछि बिहीबार मनाङ मस्र्याङदीका कप्तान विराज महर्जनले भनेका थिए, ‘जित्यौं तर मज्जा आएन।’ 

पवनको गति

गत साता कीर्तिपुरमा सम्पन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि ललितपुर प्याट्रियट्सले जित्यो । उसको च्याम्पियन यात्रामा कलैयाका १८ वर्षीय पवन सर्राफको बलिङ चम्कियो ।