लक्ष्मी लम्साल

एसियाली सभ्यता सम्मेलन सुरु, ‘सम्पर्कले सभ्यता जीवन्त’ 

एसियाली सभ्यता संवाद सम्मेलन बुधबार बेइजिङमा सुरु भएको छ । कम्बोडिया, ग्रीस, सिंगापुर, श्रीलंका, अर्मेनिया, मंगोलियालगायत देशबाट बेइजिङ आएका राज्य तथा सरकार प्रमुख र युनेस्कोलगायत संगठनका प्रतिनिधिहरूमाझ राष्ट्रपति सी चिनफिङले सम्मेलन उद्घाटन गरेका थिए ।

प्राचीन सभ्यता ब्युँझाउँदै चीन

प्राचीन रेशमी मार्गलाई पुनर्जीवन दिएका चीनका राष्ट्रपति सी चिनफिङले प्राचीन सभ्यता पनि ब्युँझाउने भएका छन् । यसका लागि चीनले बेइजिङमा बुधबारबाट तामझामका साथ प्रथम एसियाली सभ्यता संवाद सम्मेलन आयोजना गर्दै छ । 

जति छिटो तयारी, उति छिटो कार्यान्वयन 

गत सोमबार नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भएलगत्तै नेपालले चिनियाँ भूमि हुँदै समुद्रसम्म पहुँच पाएको छ । वर्षौंदेखि भारततर्फ मात्रै समुद्री मार्गको पहुँच पाएको नेपालले अर्को देशमार्फत विकल्प खुला राखेको यो पहिलोपटक हो ।

जस्केलाले झस्किन सक्छ चीन 

राष्ट्रपति विद्यादेवी भण्डारीको ९ दिन लामो चीनको राजकीय भ्रमण तिब्बतको 'हाई अल्टिच्युड' का कारण ८ दिनमै सीमित भएपछि नवौं दिनमा काठमाडौं उत्रिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारहरूसँग साक्षात्कार गरे । भ्रमण टोलीका एक सदस्य एवं पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षरकर्ता भएको नाताले उनले राष्ट्रपतिको भ्रमणको बेलीविस्तार लगाए र चिनियाँ बन्दरगाह प्रयोगबारेमा सुनाए ।

राष्ट्रपति भण्डारी ल्हासामा

चीनको ९ दिवसीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङको यात्रा पूरा गरी मंगलबार बिहान तिब्बतको भ्रमणमा निस्किएकी छन्। बेइजिङमा रहँदा आफ्ना समकक्षी सी चिनफिङसँगका द्विपक्षीय तथा अन्य भेटवार्ताहरूमा राष्ट्रपति भण्डारीले नेपालको भूमि चीनविरूद्ध प्रयोग हुन नदिने अडान राख्दा चिनियाँ राष्ट्रपति सीले पनि तिब्बत मामिलामा नेपालले गरेको दह्रो समर्थनको प्रशंसा गरेका थिए।

लक्ष्मी लम्सालका लेखहरु :

चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षर

नेपाल र चीनबीच यातायात र पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयनमा सम्झौता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय चीन भ्रमणका क्रममा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका यातायात मन्त्री ली स्याउफङले हस्ताक्षर गरेका छन् । 

बेइजिङमा राष्ट्रपति भण्डारीलाई राजकीय सम्मान

चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले सोमबार राजकीय सम्मान प्रदान गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको थियो।

राष्ट्रपतिको चीन भ्रमण : नेपालको प्राथमिकता राजकीय भ्रमण कि बीआरआई ?

निकै लामो प्रतिक्षापछि चीनले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा रातो कार्पेट ओछ्याएको छ। राष्ट्रपति वा प्रधानमन्त्री चुनिने बित्तिकै दक्षिणी छिमेकी भारतले भ्रमणका लागि निम्त्याउने गरेपनि चीनले अहिलेसम्म हतार गरेको थिएन। नेपालमा गणतन्त्र स्थापना भएको एक दशक पार भैसक्दा बल्ल नेपालका राष्ट्रपतिले चीनको राजकीय भ्रमण गर्ने साइत जुर्‍यो। 

बेइजिङमा लुम्बिनी शान्ति बगैंचा

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ बेइजिङको यानछिङ जिल्लामा लुम्बिनी शान्ति बगैंचा उद्घाटन गरेकी छन् । विश्व बागवानी एक्स्पो–२०१९ अन्तर्गत लुम्बिनी शान्ति बगैंचा नामक नेपाली पेभिलियनमा नेपालबाट झिकाइएका बिरुवा रोपेर उद्घाटन गरेकी हुन् ।

नेपालमा लगानी गर्न चिनियाँ व्यापारीलाई राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको दाबीसहित आधा दर्जन उदाहरण पेश गरेर लगानी गर्न आग्रह गरेकी छन्।