२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मञ्जु भट्ट

मञ्जु भट्टका लेखहरु :

बिचौलियाले चलाएको देश

केही वर्षअगाडि जग्गा खरिदपछि नामसारी गर्न बिहान १० बजे नै भक्तपुर मालपोत कार्यालय पुग्यौं । तीन बज्दासम्म जति दौडधूप गर्दा पनि जग्गा पास हुन सकेन । केही न केही कारण देखाई काम रोकिराखे कर्मचारीले । अन्तमा ‘आज ढिलो भइसक्यो, भोलि आउनू’ भने ।

‘समृद्धि सपना’ मा नेताले नदेखेका जनताका पीडा 

बैतडीको दशरथचन्द नगरपालिकाका एक युवाले कोरियाली भाषाको परीक्षा पाँच चोटि दिइसके । अहिले छैटौं चोटि जाँच दिन काठमाडौं जाने तयारीमा छन् । बिहे नहुँदै जाँच दिन सुरु गरेका उनी बिहे भएर एक वर्षकी छोरीका बुबा बनिसकेका छन् । श्रीमती, छोरी र आफ्नो खर्च धान्न उनलाई मुस्किल भइरहेको छ । आमाबुबा, हजुरआमा पनि उनैमा निर्भर छन् । उनलाई यो वर्ष जसरी पनि कोरियाली भाषा परीक्षामा नाम निकाल्न घरबाट ठूलो दबाब छ । 

स्वास्थ्यमन्त्रीलाई पत्र

स्वास्थ्यमन्त्रीज्यू,विशेष गरी सरकारी अस्पतालहरूमा आम सेवाग्राहीले भोग्नुपर्ने कष्टको कुनै सीमा हुँदैन भन्ने वास्तविकताबाट यहाँ अनभिज्ञ हुनुहुन्न होला । बढी दुःख त केमा छ भने, स्वास्थ्य मन्त्रालयको कुर्सी सम्हालेपछि यहाँहरूले जेजे प्रतिबद्धता गर्ने गरे पनि अस्पतालमा खेप्नुपर्ने हाम्रो सास्ती अन्त्य हुने छनक कहिल्यै देखिन्न ।

सन्तान पढाउनु कसरी !

शुल्क तिर्न नसक्दा धादिङको ज्वालामुखी गाउँपालिका–७ का जितबहादुरले आत्महत्या गरे । २ हजार १ सय रुपैयाँ तिर्न नसक्दा उनले प्रवेशपत्र पाएका थिएनन् । यसको छानबिन होला ।

सरकारी अस्पतालहरूमा नघट्दो सास्ती

गएको चैत १९ गते राष्ट्रपति रामचन्द्र पौडेल पेटदुखाइले शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएकै दिन म पनि बहिनीसँग त्यहीँ गएकी थिएँ । घरमा छोड्न नमिलेर बहिनीको १० वर्षे छोरालाई पनि सँगै लगेका थियौं । बहिनीको काखीमुनि क्यान्सर नहुने खालको सानो गिर्खा थियो ।

बाँदरबाट जोगिनु कि सरकारबाट ?

केही दिनअघि बैतडीकी राजमती भाउजूसँग फोनमा कुराकानी भयो । उहाँले गाउँमा बसेर पाउनुपरेको कष्ट सुनाउन थाल्नुभयो । ‘कात्तिकमा ट्याक्टर बोलाएर महँगो पैसा तिरी खेतमा गहुँ छर्न लाएका थियौं । गहुँ राम्रैसँग उम्रेका पनि थिए । तर तीन महिनादेखि पानी नपरेकाले गहुँ सुकिसके । अबको वर्ष के खाने होला ?’

मूल मुद्दा महिलाको

२० वर्षकी उनी अहिले सात महिनाकी गर्भवती छिन् । उनको गर्भ तीन महिना हुँदा दिनभरि झन्डै बाह्र पटक बान्ता गरी बेहोस हुन् पुगिन् । घरबाट बोकेर गाडीसम्म पुर्‍याउन सक्ने पुरुषहरू घरमा कोही थिएनन् । गाउँलेहरूको मद्दतले बेहोस भएको झन्डै एक घण्टापछि बैतडी जिल्ला अस्पताल पुर्‍याए । उनको घरमा तीन जना मात्रै महिला छन् ।

वातावरण संरक्षण र बालबालिका 

गत मंसिरमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ ले काठमाडौंका चार र काभ्रेको एक विद्यालयका विद्यार्थीहरूका लागि जलवायु परिवर्तन विषयमा कार्यशला सञ्चालन गरेको थियो । यो संस्थाले म्यानमार, बोलिभिया, नेपाल, भुटानजस्ता विकासोन्मुख देशका बालबालिकाका लागि वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गर्ने गर्छ । जलवायु परिवर्तनले बालबालिकामा पारेको असर तथा यसबाट जोगिने उपायका बारे विद्यार्थीहरूबाटै सुझाव लिने गर्छ । 

जनप्रतिनिधिले सम्झेलान् महिलाका कष्ट !

चुनावको परिणाम नआउँदासम्म देश चुनावमय नै रहनेछ । मत माग्ने र मागिदिनेहरूले बाजा, गाजासहित मतदाताका घरघरमा गएर काममा सघाएको र कतिपय निर्वाचन क्षेत्रमा उम्मेदवारले भोजभतेर गरेको पनि देखियो । निर्वाचन जित्न उम्मेदवारहरूले पैसाको खोलो बगाएको पनि सुनियो ।

महँगीले दिएको आहत

तरकारी बजारमा सधैंजसो भेट हुने साथीहरू यसपालि दसैंतिहारको खर्च टार्न सकिएकामा खुसी भएको अनुभव सुनाइरहेका थिए । दसैंमा घर जादाँ बसभाडा लगायत लत्ताकपडाको मूल्यसमेत बढ्दा खर्च बेहोर्न गाह्रो भएको बताइरहेका थिए । मध्यमवर्गीय परिवारका गृहिणीहरू श्रीमान् एक जनाको तलबको भरमा सहरमा बसेर छोराछोरी हुर्काउन, पढाउन साह्रै मुस्किल भएको भन्दै थिए ।