२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मीनबहादुर विष्ट

मीनबहादुर विष्टका लेखहरु :

हेर्दाहेर्दै खस्यो उदाउँदै गरेको सूर्य

हेर्दाहेर्दै खस्यो उदाउँदै गरेको सूर्य त्यो भर्खर त उक्लँदै थियो आकाशमा पाइला चाल्न सिकेर नानीले आमाको सहाराबिना चल्न आरम्भ गरेजस्तै

काठमाडौंको फोहोरको कथा

१. सडकका नाका–नाकाहरुमा सेनाहरुले थापेका बंकरजस्तै तैनाथ छन् काठमाडौंका फोहोरका डंगुरहरुर, ती डंगुरहरुले लिएका छन्आफ्नै देशका हिमालका टाकुराहरुको जस्तै आकारकतै पहाड र चुरे पर्वतका लस्करहरुको आकारभुस्याहा कुकुर र कवाडीहरुले खोस्रेर बनेका छन् कतै उपत्यका र गाउँबेंसीको जस्तो आकार र, कतै बनेका छन् समथर मधेसको जस्तो आकार आँसु थाम्न नसकेजस्तोडंगुरहरुबाट चुहिँदै गरेका छन्– महाकाली, गण्डकी र कोसीजसरि नेताहरु आफ्नो देशको नयाँ नक्साको चित्रण गर्दै छन् संसद्‌भवनभित्र सदनबाहिर त्यसरी थुप्रिएको छ देशको जस्तै सुन्दर आवरणमा काठमाडौंको फोहोरको डंगुर र, लागिरहेछ यतिबेला यो नै रहेछ नेताहरुले देखेको शान्त, सभ्य र समृद्ध नेपालको साक्षात चित्र !