नुमा थाम्सुहाङ

महँगियो सुन : रहर मेटाउन नक्कलीको भर

सक्कली सुन महँगिए पनि नक्कलीको भने बिक्री हवात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ । झट्ट हेर्दा सक्कलीझैं देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन् ।

इन्जिनियरले खोले ठ्टेनो मकै घर

नेपाली ठेट शब्द हो ठेट्नो । भुट्दा फुल नउठेको मकैलाई ठेट्नो भनिन्छ । नेपाली मौलिक शब्दलाई इंगित गर्ने यो शब्दले स्थानीय मकैको स्वाद पनि झल्काउँछ । यही स्वादलाई बचाइराख्न नयाँ बानेश्वरको संगम चोकमा खुलेको छ– ठेट्नो मकै घर । 

‘सहुलियत कर्जा ६० हजारमा पुर्‍याऊँ’

सहुलियतपूर्ण कर्जालाई सामाजिक उत्तरदायित्वका रूपमा लिन अर्थमन्त्री युवराज खतिवडाले बैंकलाई निर्देशन दिएका छन् । सरकारले बैंकलाई हस्तक्षेप गर्न नपरोस् भन्दै उनले त्यस्तो निर्देशन दिएका हुन् । 

पहुँचमा छैन महिला उद्यमी कर्जा

सहुलियत ब्याजदरमा महिला उद्यमी कर्जा लिएर व्यवसाय विस्तार गर्ने सोच बनाएकी ललितपुरकी सविता सिंह महर्जनले आवेदन पेस गरेको ६ महिनासम्म पनि ऋण पाउन सकेकी छैनन् । 

महँगियो सुन, खस्कियो बजार

सुन छोइनसक्ने गरी महँगिएको छ । गत साताबाट तोलाकै ७० हजार रुपैयाँ पुगेको छ । मूल्य बढेसँगै किनबेच भने ओरालो लागेको लाग्यै छ । तीजको सिजन सुरु भइसक्यो । दसैं नजिकिँदै छ तर राजधानीका सुन पसलमा पहिला जस्तो न ग्राहकको चहलपहल छ, न व्यापारीमा उत्साह । किनबेच झन्डै ८० प्रतिशतले घटेको छ ।

नुमा थाम्सुहाङका लेखहरु :

भ्याटको दायरा १ करोड बनाउन माग गर्दै खुद्रा व्यापारीले गरे बजार बन्द 

५० लाख रुपैयाँको ‘थ्रेसहोल्ड’ नाघेमा भ्याटको दायरामा अनिवार्य आउनुपर्ने रकम सीमालाई बढाएर १ करोड रुपैयाँ राख्नुपर्ने माग गर्दै शुक्रबार खुद्रा व्यापारीहरूले बजार बन्द गरेका छन् ।

खाउँखाउँ लाग्ने मखनको बारा

बाराको स्वाद कसलाई थाहा नहोला ? नाम सुन्नेबित्तिकै धेरैको मुख रसाउँछ । अझ मखनको बाराको स्वादै बेग्लै । मखनको भित्री गल्ली बांगेमुढामा दिउँसो १ बजेपछि बारा खानेको भीड लाग्छ । यहाँ पाँच वर्षदेखि सञ्चालनमा रहेको बारा पसल निकै लोकप्रिय छ । स्थानीय हुन् वा बाटामा हिँड्ने बटुवा ।

भारी बोक्नेलाई किन चाहियो प्यान ?

धादिङका उर लामा मजदुरी गरेर मासिक १८ हजार रुपैयाँ कमाउँछन् । पाँचजना परिवारको खर्च उनैले जुटाउँछन् । मैतीदेवीमा १५ वर्षदेखि बस्दै आएका उनी सरकारले ल्याएको ‘एक व्यक्ति एक प्यान नम्बर’ नीतिदेखि सन्तुष्ट छैनन् । 

कार्यालय व्यवस्थापन हुँदै, सेवा दिँदै

बिजुलीका तार र फर्निचरहरू भवनभित्र अलपत्र अवस्थामा छन् । सेवा सुरु भए पनि भवन बाहिर निर्माण कार्य अझै जारी छ । जेठ १ गते उद्घाटन भएको एकद्वार सेवा केन्द्र पूर्ण रूपमा तयार नभए पनि काम भने सुरु गरिसकेको छ ।

बन्दीका कपडा अब बिक्री कक्षमा

केन्द्रीय कारागारका बन्दीहरूले उत्पादन गरेका कपडाको बिक्री वितरणका लागि उद्योग विभागको जग्गामा भवन निर्माण गरिएको छ । उत्पादित कपडाको प्रचार र बिक्रीका लागि प्रदर्शनी तथा बिक्री कक्ष भवनको निर्माण गरिएको हो ।