प्रकाश पन्थ

संसद्‌मा मेरो पहिलो वर्ष अनुभव : सिक्दैमा सकियो

मानिसले भने र भनिरहेका छन्, ‘भाग्यमानी मान्छे, चिट्ठा पर्‍यो, आदि ।' म लोकतान्त्रिक प्रवृत्तिको मान्छे, म त्यस्तो कडा नास्तिक र भौतिकवादी पनि होइन । मठमन्दिर, पूजापाठ, धर्म संस्कृति, रितिरिवाज लगायतका परिवेशमा जेलिलिएर जन्मे, हुर्के, बढेको मान्छे । पोहोर साल यसै ताकाको कुरो, माघ महिनातिर एक महिनाभर श्री स्वस्थानी कथा वाचन र श्रवण गर्ने समय र प्रचलन । जहाँ नवराजलाई हात्तीले माला लगाई दिएको भरमा राजा भएको महिमा भएको समय र पृष्ठभूमिमा भाग्यमानीको रूपमा चर्चा हुँदा समय र मनोविज्ञानलाई सबैजसो मानिसहरूबाट मलाई यसरी नै लिइयो । म अपाङ्गता भएको व्यक्ति राष्ट्रियसभाको सांसद हुँदाको चर्चा परिचर्चा ।

प्रकाश पन्थका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।