प्रमिता ढकाल

(प्रशिक्षार्थी)

सडक दस्तुर संकलन केन्द्रमा आगजनी

सडक बोर्डले भरतपुरमा राखेको सडक दस्तुर संकलन केन्द्रमा प्रहरीसमेत घाइते हुने गरेर शुक्रबार आगजनी गरिएपछि पूर्वी चितवनका व्यवसायी गिरफ्तार भएका छन् । 

अटो चलाउँदै पूर्वलडाकु

चितवनको कालिका नगरपालिकाका पीताम्बर पौडेल तीनपांग्रे अटो चालक हुन् । उनी दैनिक कालिका नगरपालिकाबाट भरतपुर अटो लिएर आउँछन् । दिनभरि यात्रुलाई गन्तव्यसम्म पुर्‍याउँछन् । साँझ घर फर्किन्छन् । दैनिक आम्दानीले उनको घर खर्च चल्छ ।

गर्भवती चेपाङ महिलामा कुपोषणको समस्या

चितवनको कालिका नगरपालिका–१० की लालीमाया चेपाङ एक साताअघि सुत्केरी भएकी हुन् । उनको पाँचौं सन्तान मृत अवस्थामा जन्मिएको थियो । पछिल्लो सन्तान गर्भमा आएदेखि स्वास्थ्य परीक्षण गराउन लालीमाया नियमित स्वास्थ्य चौकी जाने गर्थिन् ।

खर मजुर ५ वटा मात्र

चितवन राष्ट्रिय निकुञ्जमा खर मजुर लोप हुने अवस्थामा पुगेको छ । नयाँ घाँसे मैदानमा बस्न रुचाउने खर मजुर बासस्थान अभाव हुन थालेपछि संरक्षणमा चुनौती थपिएको हो ।

गैंडा गणना नहुने

बजेट अपुग हुँदा निकुञ्ज तथा वन क्षेत्रमा यस वर्ष गैंडा गणना नहुने भएको छ । हरेक ४ देखि ५ वर्षमा गैंडा गणना हुँदै आएकोमा बजेटको टुंगो नलागेकै कारण यस वर्ष गणना नगरिने भएको हो ।

प्रमिता ढकालका लेखहरु :

सर्ट फिल्ममा युवा

बीएससी नर्सिङकी विद्यार्थी रोजीका लागि अभिनय रुचिको विषय हो । उनी अभिनय मात्र गर्दिनन्, आफैं स्क्रिप्ट लेख्छिन् र निर्देशन पनि गर्छिन् । आफूले लेखेको कथामा आफ्ना साथी, परिवार सदस्य बटुलेर उनीहरूलाई नै निर्देशन गरी भिडियो बनाउँछिन् । तर उनी व्यावसायिक फिल्म निर्देशक भने होइनन् ।

दमकललाई भ्याइनभ्याइ

आगलागीको जोखिम बढदै गए पनि चितवनमा दमकल सुविधा भने कम छ । कुनै समय चारकोसे झाडीको जिल्ला भनेर चिनिने चितवनमा झाडी तथा वनमा लाग्ने डढेलोसँगै अव्यवस्थित सहरीकरण, अतिप्रज्वलनशील वस्तु र विद्युतीय आगलागीको जोखिम बढेको हो ।

हात्तीका छावामा भाइरसको त्रास

हात्तीका छावाहरूमा देखिने प्राणघातक रोग इन्डोथेलियोट्रोपिक हर्पिस भाइरसको संक्रमण भएका चितवनका ३ वटा छावाको सफल उपचार गरिएको छ  । राष्ट्रिय प्रकृति संरक्षण कोषको एउटा, चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन केन्द्रको एउटा र निजी एउटा छावामा यो रोग देखा परेको थियो  ।