२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

रामचन्द्र श्रेष्ठ

रामचन्द्र श्रेष्ठका लेखहरु :

सहर सबैको रहर

‘सात दिनको बाटो ढाक्रेले आयो बटौली नुन लिनकिन महँगो भयो नुन, सुब्बा साहेब ! किन महँगो भयो नुन ।’

चुनावदेखि चुनावसम्म !

बिब्ल्याँठो उत्साहक्याफेको कौसीमा बसेर सडक नियालिरहेको छु । दिनभरिको थकान मेट्न कफीको चुस्की लिँदै छु । उसो त सहरमा विश्रामका लागि कुनै शीतल पार्क पनि त छैन । चुनावको मौसम छ । सडकमा पार्टीको प्रचार टोली आएको छ । अटोरिक्सामा माइक लगाएर ठूलोठूलो आवाजमा चुनावी गीत घन्काइएको छ । गीतको तालमा प्रचार टोलीका केही महिला नाचिरहेका छन् । उनीहरूको उत्साह उल्लेखनीय देखिन्छ । यस्तै दृश्य अन्य पार्टीको प्रचार टोलीमा पनि देखेको छु । चुनावमा देखिने यो उत्साह साँच्चै रोचक नै हुन्छ, तर यो प्रश्नयोग्य पनि छ । यो उत्साहको कारण के होला ?

आत्मकथा गोर्खा भर्तीको

मगर बाहुल्य भएको गुल्मीको भार्से गाउँ लाहुरे गाउँका रूपमा परिचित छ । उसो त लेखक बोमबहादुर थापा (श्रीस) ले भार्सेको सम्पूर्ण परिचयलाई एउटा शब्दमा खुम्चाएका छन्— पल्टनघर । अर्थात्, सिंगो गाउँ आफैंमा एउटा पल्टन हो । पल्टन मात्रै नभई पल्टन तयार गर्ने कारखाना हो, जसले छोरा जन्माउँछ लाहुरे बनाउन । जसले सपना देख्छ, फौजमा उपल्लो दर्जामा पुगेको । यस्तो गाउँ, जहाँ हावाले पनि सुनाउँछ लाहुरे गाथा, वीरता, फौज, बहादुरी र बलिदानका कथा ।