रामजी ज्ञवाली

गायिका अञ्जु पन्त भन्छिन् - 'मलाई प्रभाव पार्ने पुरुष जन्मिएकै छैन'

गायिका अञ्जु पन्तले नेपालको संगीतमा दर्जनौं सुमधुर गीत गाएकी छिन् । उनका आवाजमा अहिलेसम्म लगभग ६ हजार बढी गीत रेकर्ड भइसके । गायिका पन्त अहिले पनि चर्चित र व्यस्त गायिकामा गनिन्छिन् । उनको व्यक्तिगत जीवनमा निकै उतारचढाव आयो । तर, सांगीतिक करिअरमा भने कहिल्यै असफलताको स्वाद चाख्नुपरेको छैन । रेकर्डिङमा व्यस्त रहने अन्जुसँग यसपटकको ‘पुरुषवार्ता’ । 

सपनामा आइरहने युवती एन्जेलिना जोली हुन् - नायक आर्यन सिग्देल

जब आर्यन सिग्देलको चलचित्र उद्योगमा प्रवेश भयो, त्यही बेलादेखि उनी माथि २ वटा ट्याग लाग्यो-ड्रंकर र लेडी किलर । लभ स्टोरी विधाका चलचित्रमा धेरै पारिश्रमिक लिने महँगा नायकको रुपमा समेत चिनिए आर्यन ।

अन्जु पन्त भन्छिन्, ‘बोनस जीवन खुसीले बाँच्छु’

उनी फेरिएकी छन् । जीवनप्रति असाध्यै माया गर्छिन् । फुर्सदमा छोरीसहित परिवारका अन्य सदस्यलाई लिएर घुम्न निस्कन जान थालेकी छन् । उनी खुसी भए पनि यादहरु भने पखाल्न सकेकी छैनन् । घाउ त निको भयो तर खोटहरु अझै बाँकी छन् । कहिलेकाहीं तिनै घाउका खोटहरु भेट्छिन् र नरमाइलो लाग्छ, उनलाई ।

हलिउड अभिनेत्री मेरिल स्ट्रिपसँग डेट जान मन छ : अर्पण थापा

अभिनयमा अब्बल मानिएका अर्पण थापाको परिचय त्यतिमा मात्रै सीमित छैन । उनी लेखन र निर्देशनमा पनि उत्तिकै सक्रिय छन् । उनी निर्देशित चौथो फिल्म ‘घर’ गत शुक्रबारदेखि प्रदर्शन भैरहेको छ । अर्पण नेपाली चलचित्र उद्योगका आफ्नै बलबुतामा स्थापित भएका हुन् । रजतपटको यात्रामा उनले अनेकौं आरोह–अवरोह झेले पनि कहिल्यै रोकिएनन् । तीन दर्जन चलचित्रमा अभिनय गरिसकेका अर्पणसँग यसपटक रामजी ज्ञवालीले ‘महिलावार्ता’ गरेका छन् ।

छवि–शिल्पाको सम्बन्धमा पूर्णविरामको संकेत

पछिल्लो एक हप्ता नेपाली चलचित्रको बजार निर्माता छविराज ओझा र अभिनेत्री तथा उनकी धर्मपत्नी शिल्पा पोखरेलको झगडाले तताएको छ । सामान्य भनाभनपछि सुरु भएको उनीहरूको झगडा यतिमाथि पुगेको छ कि अब शिल्पा छविको घर फर्किने सम्भावना छैन । छविको मनमा समेत आशा मर्दै गएको छ ।

रामजी ज्ञवालीका लेखहरु :

दिपाश्रीसँग ‘पुरुषवार्ता’, भन्छिन्– ‘मिल्ने भए दिपकसँग बिहे गर्थें’

हास्यव्यंग्य क्षेत्रमा चर्चित दिपाश्री निरौलाको नाम अहिले चलचित्र उद्योगमा छाएको छ । विसं २०४२ देखि रंगमञ्चबाट रंगीन जीवनको सुरुवात गरेकी उनले पहिलो पटक पुरुषको भेषमा नृत्य प्रस्तुत गरेकी थिइन् । ठुलो पर्दामा भने ‘नासो’ नामक चलचित्रबाट यात्रा थालेकी थिइन् । यद्यपी, टेलिफिल्म ‘तीतो सत्य’बाट उनले जति चर्चा कमाइन् त्यो भने अन्त कतैबाट पनि प्राप्त भएन ।

अधिकांश नेपाली कलाकार कर तिर्दैनन् !

कलाकारहरुको सधैं एउटै गुनासो छ, राज्यले हामीलाई हेरेन । नेपाली चलचित्र र गीत–संगीत क्षेत्रमा क्रियाशिल कलाकारहरुले राज्यबाट आफूहरु सधैं उपेक्षामा पर्दै आएको बताउँदै आएका छन् । यस्तो किसिमको गुनासो गर्दै आएका तिनै कलाकारहरु स्वयं भने राज्यप्रति उत्तरदायी छैनन् । लामो समयको अध्ययनपछि नेपालका धेरै कलाकारहरुले कर छली गरेको भेटिएको हो ।

विवादमा 'द सुपर मम' प्रतियोगिता- आयोजकले पैसा लिएर विजयी बनाएको प्रतिस्पर्धीको आरोप

बेला–बेलामा विभिन्न अभिव्यक्ती दिएर विवादमा तानिँदै आएकी अभिनेत्री पूजना प्रधान (स्त्री)लाई अहिले सुन्दरी प्रतियोगीताको ताज बेचेको आरोप लागेको छ । 'द सुपर मम' प्रतियोगीतामा रकम लिएर थाइल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यलाई विजयी बनाएको भन्दै अधिकांस सहभागी प्रतिस्पर्धीहरुले विरोध जनाएका छन् ।