संगीता तिमिल्सेना 

बूढीगंगामा भासियो सडक

साँफे–मार्तडी सडकखण्डअन्तर्गत बाजुराको अम्कोट क्षेत्रमा सडक भासिएपछि एक सातादेखि यातायात आवागमन अवरुद्ध छ । बुढिगंगा नदीबाट सुरु भएको पहिरोमा करिब ५ सय मिटर माथि पुगेपछि सडक भासिएको हो ।

चिकित्सक नहुँदा उपचार प्रभावित

कर्मचारी समायोजनले सुदूरपश्चिममा स्वास्थ्य सेवा प्रभावित भएको छ । कार्यरत चिकित्सक, स्वास्थयकर्मी र कर्मचारी समायोजन रोजेर आफ्नो क्षेत्रमा गइसकेका छन् । समायोजन भई दरबन्दीमा हाजिर हुन नआएकाले स्वास्थ्य सेवा प्रभावित भएको हो ।

बाढीपहिरोमा ५० चौपाया बगे, २० को उद्धार 

जिल्लाको स्वार्मिकार्तिक गाउँपलिका–२ छुद्दरी टोलमा बुधबार बेलुका आएको बाढीपहिराेले ५० चौपाया बगाएकाे छ । मेलामा चराउन लगाएका ४८ गाईगोरु र २ भैसी साँझ घर फर्कने बेला एक्कासी आएको पानीले घर नपुग्दै बाटोमा पहिरोले बगाएको हो । 

अधिकांश झोलुंगे पुल जीर्ण

बाजुराका विभिन्न नदीमा निर्माण गरिएका झोलुंगे पुल जीर्ण छन्  । बुढीगंगा र कर्णाली नदीका पुलमा पानीको बहाव पुलमाथि पुग्न थालेपछि वर्षौं मर्मत नगरिएका पुलमा जोखिम बढेको हो  ।

बडिमालिकाको ७ दिने तीर्थयात्रा

बडिमालिका तीर्थयात्राका लागि देशैभरका विभिन्न ठाउँबाट पर्यटक तथा भक्तजन आउने क्रम सुरु भएको छ । बडिमालिकामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा हुने गर्छ । समुद्री सतहबाट ४ हजार २ सय १६ मिटर उचाइमा रहेको बडिमालिका पुग्न ७ दिनको पैदल यात्रामा हजारौं भक्तजन निस्किन्छन् ।

संगीता तिमिल्सेना का लेखहरु :

बर्खामा सधैंको दुःख

न वर्षअघिको हिउँको महिना । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने कोल्टीनजिक विरसैनसम्म पहिलोपटक बोलेरो जिप पुग्दा स्थानीय बासिन्दा खुसीले गदगद थिए । गाउँलेहरूले चालक र जिपधनीलाई बाजागाजासहित भव्य स्वागत गरे । आपसमा खुसी साटे ।हिउँदे सिजनमा सुरु भएको त्यो सडकमा गाडी गुडदाको खुसी धेरै लामो समय भने टिकेन । बर्खा सुरु भयो ।

बस्तीमा पहिरो, १३ परिवार विस्थापित

अविरल वर्षाले महाकाली नगरपालिका २, बडाली गाउँमा बस्तीमुनिबाट पहिरो खस्दा १३ परिवार विस्थापित भएका छन् । मुनिबाट सोमबारदेखि पहिरो जान सुरु भएको माथिबाट जमिन सरिरहँदा स्थानीयले घर छाडेका हुन् ।

पोहोर बगायो घर, अहिले आमाछोरी

आँखा विस्तारै खोलेर वरपर हेरे । को आयो, हे प्रभु, हे मेरा भगवान् ∕ उनले दुई हात जोडे । अस्पतालको शय्यानजिक कोही मानिस आउनेबित्तिकै सय वर्ष नाँघेका गौमुल गाउँपालिका–६ टाँडाकोटीका जंगे चँदारा छट्पटिन्छन् ।

जो पहिरोसँगै बगेका थिए

बिहीबार राति घरपरिवारसँगै खाना खाएर सुतेका थिए बाजुराको गौमुल गाउँपालिका–६ टाँडाकोटीका १ सय १० वर्षीय जंगे चदाँरा । शुक्रबार बिहान एक्कासी जिल्ला अस्पताल बाजुराको बेडमा पुगे । टाउकोमा पट्टी बाँधिएको थियो । छाती हल्लाउन सक्दैनन् । घाँटी बांगाको बांगै । खुट्टा उचाल्न खोज्छन्, हल्लाउन सक्दैनन् ।

[अपडेट] पहिरोले घर पुरिँदा आमा–छाेरीकाे मृत्यु, पाँच घाइते

लगातारको वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ टाँडाकोटीमा पहिरोले घर भत्काउँदा आमा र छोरीको मृत्यु भएकाे छ । अन्य पाँच जना घाइते छन् ।