सुशीला तामा‌ङ

मेहन्दी मौसम

केही दिनको झरीपछि हल्का उग्रिएको साउन महिनाको पहिलो दिन । हरियो पहिरन, दायाँपछि बायाँ हत्केलामा मेहन्दीको बुट्टाहरू सजिँदै थिए । बुट्टाकै बीचतिर अंग्रेजीमा पतिको नाम कोरिएको थियो ‘शैलेन्द्र’ ।

बार्बी मैंचा, वन्डरफुल कान्छी

नेपालीसँगै विदेशी दर्शकको भीड । हेर्नभन्दा छुन आतुर लाग्ने भित्ताभरि झुन्ड्याइएका डिजिटल प्रिन्टका क्यानभासहरू । झट्ट हेर्दा मनोरञ्जनसँग जोडिए पनि नेपाली सांस्कृतिक सम्पदाको चिनारी दिने ‘बार्बी मैंचा’, ‘हक चा’, ‘वन्डरफुल कान्छी’ शीर्षकका कलाकृतिहरूमा विदेशी पर्यटकका आँखा पनि टक्क अडिन्छन् । 

कौशीमा ‘तीनकुने’

दिवंगत कथाकार रमेश विकलले निम्न वर्गीय महिलाको चरित्र चित्रण गर्दै लेखेका थिए, ‘एउटी अवकाशप्राप्त वेश्याको आत्महत्या’ । पुरातन समाजमा महिलालाई हेर्ने विभेदकारी दृष्टिकोण र पुरुषवादी मनोविज्ञान समेटिएको कथामा युवा रंगकर्मी सुलक्षण भारतीले पोषण पाण्डेको ‘भिनाजुको स्वेटर’ र बीएस राईको ‘चम्पा’ मिसाएर नाटकीय संरचनामा ढाले ।

शताब्दीपछि पुर्खाको देश 

झन्डै डेढ शताब्दीअघि तत्कालीन भारतको चटगाउँ (चित्तगंग) हिल्समा ब्रिटिस इस्ट इन्डियाविरुद्ध एउटा विद्रोह भयो । अहिले बंगलादेशमा पर्ने यही थलोमा ६ पुस्ते पुर्ख्यौली इतिहास बोकेर बाँचिरहेका कलाकार मनोजबहादुर गोर्खाका अनुसार उक्त विद्रोहमा नेपालीहरू पनि सामेल थिए ।

काठमा कुँदिएका कामकला

काठमाडौं उपत्यकाभित्रका मठमन्दिरहरू नेपाली काष्ठकलाका अद्भुत नमुना मानिन्छन् । यी धार्मिक–सांस्कृतिक सम्पदामा लिच्छविकालदेखि मल्ल र शाहकालसम्मका कलाकृति हेर्न सकिन्छ । मल्लकालमा उत्कर्षमा पुगेको तन्त्रवाद होस् या कामसूत्र ज्ञान, मन्दिरका टुँडाल, झ्याल र काठे तोरणहरूमा कुँदिएका आकृतिबाटै प्रस्ट हुन्छ ।

सुशीला तामा‌ङका लेखहरु :

दोहोरीमा घम्साघम्सी

रातो माटो र सेतो कमेरोले लिपपोत गरी चिटिक्क बनाइएको घर । खरको छानो । पालीमाथि नाङ्लोमा केही बिस्कुन सुकाइएको छ भने त्यतैतिर फर्सी लडाइराखेका छन् । रातै माटोले लिपेर सजाइएको आँगनमा डोको, तुलसीको मठ । पिँढी माथितिर लाल्टिनहरू झुन्ड्याइएका छन् ।

कुरीतिविरुद्ध ‘मैनदानी’

भनिन्छ, कुनै पनि सिर्जना कोरेपछि स्रष्टाको निजी धारणा मर्छ र त्यसको व्याख्या व्यक्तिअनुसार फरकफरक हुन पुग्छ । ग्यालरीमा प्रदर्शनरत चित्रप्रतिको धारणा पारखीअनुसार फरकफरक हुन सक्छ । एउटा कविताको समालोचना दृष्टिकोणअनुसार भिन्नाभिन्नै हुन सक्छन् । यस्तै बहुल चिन्तन पद्धतिको वकालत गर्दै राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘मैनदानी’ मञ्चन भइरहेको छ । 

बेथितिको कथा–“विकास भर्सेस निकास”

सरकार यतिबेला ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा छ । विकासको नाममा हरेक क्षेत्रमा बेथिति र विसंगतिले कसरी जरा गाडेको छ ? मुलुकको पहिचान र मौलिकतालाई बिर्सेर आधुनिक विकासका नाममा के कस्ता उन्नति र निकास खोजिरहेका छौं ?

सिरानीमा हँसिला आदिवासी

व्यस्त ठमेल बजारकै आडमा छ दलाइ–ला आर्ट स्पेस । भित्तामा सिरानी अनि सिरानीमा उज्याला अनुहारहरू । मुलुकका विभिन्न आदिवासी आकृति नियाल्दै गर्दा कलापारखीहरू छक्क पर्छन् । 

कलामा सम्पदा

ढुंगामा देउता, माटोमा पनि । मन्दिरमा देउता, बाटोमा पनि । पानीमुनि देउता, आकाशमा पनि । सहरको कुनै पुरानो गल्लीमा पैदल हिँड्नुभयो भने पक्कै पनि यस्तै देखिन्छ । यतिबेला भने यस्तै दृश्य देखिन्छ बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ।