२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तृप्ति शाही

शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

तृप्ति शाहीका लेखहरु :

भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

गत बिहीबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको शव अझै प्रदेश अस्पतालमा छ । उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले बताएका छन् ।

कर्णालीमा यो वर्ष समयमै पाठ्यपुस्तक

विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउने समस्या थियो । तर यो वर्ष शैक्षिक सत्र सुरु हुनभन्दा पहिल्यै कर्णालीका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । 

कर्णालीमा ७१ प्रतिशत जनसंख्या बिमाको पहुँच बाहिर

कर्णाली प्रदेशमा स्वास्थ्य बिमाको पहुँच निकै कम भएको पाइएको छ । स्वास्थ्य बिमा लागू भएको ८ वर्ष पुगेपनि यहाँ ७१ प्रतिशत जनसंख्या स्वास्थ्य बिमाको पहुँच बाहिर रहेका छन् । यो अवधिमा २९.२६ प्रतिशत जनसंख्या मात्रै बिमामा आवद्ध भएका छन् । 

डोल्पा आगलागीमा परेका १ बालकको मृत्यु

डोल्पामा आगलागीमा परेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षका सूलज बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए । उनको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा शुक्रबार बिहान मृत्यु भएको हो ।

उत्साही दर्पणमा बढ्दो निराशा

पञ्चपुरी नगरपालिका–९ विद्यापुर सुर्खेतका २२ वर्षीय दर्पण खराल यो क्षेत्रमा बेलाबेलामा चर्चामा आइराख्ने नाम हो । स्कुले जीवनमै उनले पानी तताउने डिभाइस, रिमोट कन्ट्रोलबाट चल्ने कार, रातमा बल्ने र दिउँसो आफैं निभ्ने स्वचालित बत्ती जस्ता स–साना उपकरण आफैंले बनाएर सबैलाई चकित पार्थे । स्कुलमा हुने विज्ञान मेला जस्ता प्रतियोगितामा जिज्ञासु खराल सधैं प्रथम भइराख्थे । 

डोल्पा आगलागीमा घाइते थप २ जना नेपाली सेनाको मृत्यु

डोल्पामा भएको आगलागीमा परि घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ । उनीहरूको मंगलबार दिउँसो काठमाडौं किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी हरिकृष्ण केसीले बताए । 

डोल्पामा डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते

डोल्पामा डढेलो निभाउने क्रममा ४ जना नेपाली सेना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा ४ जना घाइते भएका डोल्पा प्रहरीले जनाएको छ  । 

गुराँसेमा ढकमक्क लालीगुराँस [फोटोफिचर]

वसन्त ऋतु पल्लव र पुष्पको मौसम । यतिबेला पहाडका प्राय वनपाखाहरु लालीगुराँसले मनमोहक देखिएका छन् । दैलेखको गुराँस गाउँपालिकाका जंगलहरुमा पनि गुराँस ढकमक्क फुलेको छ । गुराँस हेर्नको लागि गुराँसेका वनपाखाहरुमा दैनिकजसो आन्तरिक पर्यटकहरु गुराँसे पुग्ने गरेका छन् । गुराँस फुल्ने भएकै कारण यहाँ स्थानीय तहको नामनै गुराँस गाउँपालिका भनेर नामाकरण गरिएको उपाध्यक्ष शिवा कुमारी खड्का बताउँछिन् ।

कर्णालीमा एमालेले नेतृत्व गर्दै, गण्डकीमा राप्रपा निर्णायक

गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीले बुधबार राजीनामा दिएसँगै दुवै प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई चैत २७ भित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीको दाबीसहित प्रस्ताव गर्न ७ दिनको समय दिएका छन् ।