१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

योगा चौतर्फी चासो

सन्दर्भ : योगा दिवस

काठमाडौं — आज हजारौं अनुसन्धानहरु योगका विभिन्न पक्षको माध्यमबाट अनगिन्ति नसर्ने रोगहरुको संक्रमणलाई नियन्त्रण गर्नका लागि कति उपयोगी छन् भनेर गरिएका वैज्ञानिक अनुसन्धानद्वारा प्रमाणित छन् ।

योगा चौतर्फी चासो

सामान्य अर्थमा योग भनेको जोड हो । जहाँ दुई पक्षलाई जोडिन्छ र एकाकार गरिन्छ भने त्यो जोड्ने माध्यम लाई योग भनिन्छ । योगको विषयमा भागवद गितामा योग कर्मसु कौसलम् भनेर परिभाषित गरियको छ भने पतन्जली योग सूत्रमा योग चित्तवृत्तिनिरोध भनेर उल्लेख गरेको पाइन्छ । जसले निस्वार्थ कर्म गर्नू र चित्तलाई स्थिर राख्नु भन्नेमा जोड दिएको छ । 

यौगिक भाषामा योग (जोड) को अर्थ आत्मालाई परमात्मासँग जोड्नु भन्ने हुन्छ । वर्तमान वैज्ञानिक युगमा आत्मा र परमात्माको कुरा गर्दा मानिसहरुले यसलाई अन्धविश्वास भनेर पनि भन्ने गर्दछन् । किनकी अहिले मनिस पूर्ण रुपमा भौतिक वादमा जकडिसकेको छ । यसबाट टाढा जानु भनेको अन्ध विश्वासको पछिलाग्नु हो भन्ने मानविय धारणाले हामि जकडिएका छौं ।
 
केहि गहिरिएर नियाल्ने र समय लगाएर खोजिगर्ने हो भने योगा जिवनको अतिनै महत्वपूर्ण वा भनौ अनोन्याश्रीत सम्वन्ध भएको पक्ष हो । जसले आज विश्वसामु आफ्नो वैज्ञानिक आधार तय गर्दै छ वा भनौ आफ्नो पुरानो प्रमाणित पक्षलाई नयाँ पिडिका सामु उजागर गर्दै छ । जसको फलस्वरुप आज विश्वका १५० भन्दा वढि देशमा जुन २१ मा विश्वयोगा दिवस मनाइन्छ । विश्व समुदायले यसलाई आआफ्नै फाईदाका हिसाबले आकलन गर्दै आइरहेको छ । 

योगा पूर्वीय दर्शनको वैज्ञानिक मार्गनिर्देशक हो र यसले सम्पूर्ण हिसाबले मानविय समवेदनालाई समेट्ने गर्दछ । पूर्वीय दर्शनमा आधारीत रहेर विश्वसामु आफ्नो चौतर्फि प्रभाव फैलाउँदै गएको योगाको नेपालमा पनि उत्तिकै महत्व छ तर यसले प्राथमिकता पाईसकेको भने देखिदैन । यध्यपि नेपाल योगको जननी स्थल हो । यो कुराको उजागर स्वामी मुक्तिवोधानन्दद्वारा लिखित हठयोगा प्रदिपकिा नामक पुस्तकमा भएको छ । उहाँका अनुसार योगाका विभिन्न शाखा मध्य हठयोग (जसलाई राजयोग प्राप्त गर्ने महत्वपूर्ण माध्यमका रुपमा लिईन्छ )को जननी नेपाल हो र यसका सुरुवात कर्ता र अनुयायि मक्षेन्द्रनाथ , गोरखनाथ हुन । 

योगालाई विश्वसामु फैलाउन अहिले भारत लागि परेको छ तर योगको जननी मानिने नेपाल भने यो बिषयमा  निष्कृय प्राय छ । यध्यपि केहिबर्षदेखि नेपालमा पनि राष्ट्रिय योग दिवस मनाउने र यसको महत्व फैलाउने काम भने व्यक्तिगत तवर बाटै भएपनि केहि यसका विज्ञबाट हुँदै आएको छ जुन कुरा सराहनिय छ । तर सरकारी पक्षको भने छिटफुट घटनामा बाहेक सँलग्नता शून्य प्राय छ । योगामा सबैभन्दा लामो समय निरन्तर आसना गरेर विश्वकिर्तिमान राख्ने मानिस नेपालका हुन र उनलाई विश्वले सम्मान दिएको छ स्विकारेको छ यद्यपि नेपाल भने अझै यसको महत्व बुझ्नबाट बन्चित प्राय छ । यो हाम्रालागि सकारात्मक पक्ष भने पक्कै हैन ।

प्राकृतिक जिवन जिउनकालागि मानिसलाई घचघच्याउने एउटा महत्वपूर्ण मार्ग जसले विश्व स्वास्थ्यका क्षेत्रमा पनि उत्तिकै वर्चस्वकायम गर्दै छ जुनकुराको पुष्टि विश्वमा योगको क्षेत्रमा भएका नविनतम अनुसन्धानले देखाएको छ ।

विशेषत: मानसिक तनाब नै नसर्ने रोगको जड हो । यस कुरालाई वैज्ञानिक समुदाय र स्वास्थ्य क्षेत्रमा सम्लग्न पक्षले स्विकारी सकेका छन । योगाले तनाव नियन्त्रण गरि यसबाट उत्पन्न हुने नसर्ने रोगहरु जस्तै मधुमेह, मुटुसम्वन्धि रोगहरु, जोर्नि सम्वन्धि समस्या (आर्थराईटिस), मोटोपना, व्याकपेन, थाईराइड, क्यान्सरका साथै विभिन्न प्रकारका मानसिक रोगहरु कसरी नियन्त्रण र निराकरण हुन्छन् भन्ने सम्बन्धमा यस क्षेत्रका विज्ञहरु विस्वस्त छन् । जसका लागि वैज्ञानिक आधार तयार गर्न भारतको स्वामिविवेकानन्द योगा अनुसन्धान संस्थान अहिले दत्तचित्त छ । यहाँ गरिएका अनगिन्ति बैज्ञानिक अनुसन्धानले यसको पुष्टि समेत गरेको छ । यसका लागि एकिकृत योगाको ढाँचा समेत तयार गरियको छ । लखौं मनिसहरु यो विधिको उपयोग गरि लाभान्वित समेत भइसकेका छन । यसै सन्दभएमा हाम्रो जस्तो मुलुक (नेपाल……) मा योगाको निम्न क्षेत्रमा आवश्यकता र महत्वलाई उल्लेख गर्न सकिन्छ-

आत्म पहिचान 
मानिसले म को हुँ ? र किन मेरो जन्मभयो भन्ने जस्ता कुराको परिकल्पना गर्न छोडिसकेको सन्दर्भमा मानवियता गुम हुँदै गएको छ । यसकारण समाजमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता अमानिय पक्षको हावि हुनका साथै नैतिकता गुमनाम हुँदैछ । यस्ता यावत पक्षको अभावमा सकारात्मक समाज र राष्ट्रको परिकल्पना गर्न सकिदैन । यसर्थ मानवीयताको पहिचान गराई सव्य समाजका साथै समृद्ध राष्ट्र निर्माणका लागि योग अचुक उपाय हुन सक्दछ । 

प्राकृतिक जीवन जीउन
नेपाल प्राकृतिको सुन्दर वर्दान वा सुन्दर फुलवारी भएता पनि मानिसको जीवनशैली पूर्ण रुपमा कृतिमतातर्फ उन्मुख छ । यो पक्कै पनि सकारात्मक सन्देश हैन । यस सन्दर्भमा कृत्रिमता र भौतिकता बाट प्राकृतिक जीवनमा फर्कनका लागि योगा वर्दान शिद्ध हुन सक्छ । 

स्वास्थ्य क्षेत्र
विश्वले स्वास्थ्यको क्षेत्रमा योगा लाई स्वीकारेर यसको भरपुर उपयोग गरि रहेको भएता पनि योग को जननि मानिने नेपालमा भने यसले प्राथमिकता पाउन सकेको छैन । यो वास्तवमै हाँस्यास्पद पक्ष हो । हाम्रा विभिन्न पूर्विय छिमेकि मुलुक साथै पाश्चात्य मुलुक मा यसको अनुसन्धान र उपयोग द्रुत गतिमा भइरहेको छ । साथै व्यावहारीक रुपमा नसर्ने रोगको नियन्त्रण र निराकरणका लगि सरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा योगा थेरापीले प्राथमिकता पाएको छ । तर नेपाल भने यो विषयमा अनभिग्य प्राय: छ । भारतमा मौलाउँदो मधुमेह रोगको नियन्त्रण र निराकरणको लागि सुरु गरिएको सरकारी कार्यक्रम (मधुमेह मुक्त भारत) का लागि योग क्षेत्रलाई प्रविधिक सपोर्टका लागि नेतृत्व दिइएको छ । यस कुराले स्वास्थ्य क्षेत्रमा योगको महत्वलाई पुस्टि गर्दछ । यसर्थ नेपालमा पनि मौलाउँदै गएको नसर्ने रोगहरुको नियन्त्रण र निराकरणका लगि योगा अचुक उपाय हुन सक्दछ भन्दा अनुपयुक्त नहोला । 

शिक्षा क्षेत्र 
शिक्षा विकासको मेरुदण्ड हो । सम्पूर्ण राष्ट्मा राष्ट्रिय भविष्यको परिकल्पना त्यहाँको राष्ट्रिय शिक्षा नितिले तय गर्दछ । भविष्यका कर्णधार विद्यार्थी हुन र उनीहरुमा सधै नैतिकताको विकाश हुन आवस्थक हुन्छ । आज यस कुरालाई आत्मसात गर्दै सम्पूर्ण हाम्रा छिमेकी मुलुक देखि विश्वका  विकसित मूलुक सम्मले योगलाई आफ्नो राष्ट्रिय पाठ्यक्रममा अनिवार्य गर्दै जाने निति अवलम्वन गर्न प्ररम्भ गरिसकेका छन । हाम्रो देस भने यो विषयमा अनभिग्य प्राय: छ । नेपालले पनि यसको महत्वलाई बुझि अगाडि बढेमा वर्तमान विकृत मानसिकताको वोलवाला रहेको शैक्षिक क्षेत्रलाइ सुधारी मानविय मूल्यमान्यता को स्थापना वालवलीकाको माध्यमबाट गर्न सक्ने छ । जसबाट सुन्दरु , शान्त, शब्य र एकीकृत मानविय समाज र राष्ट्रको परिकल्पना गर्न सकिन्छ । 

अन्तत:सामाजिक, साँस्कृतिक मूल्यमान्यता र आफ्नो पौराणिक प्रमाणित विषयले सहि नेतृत्वको अभावमा विचमा बाटो विरायको कुरालाई स्विकार्दै योगाको चौतर्फि महत्वलाई मनन गरी सरकारी तवरबाट यस विषयमा अध्ययन, अनुसन्धान गर्न ढिला गर्नु हुँदैन । आफ्नै जन्म भूमिमा तिरस्कृत भएको यस विषले प्राथमिकता पाओस् । यसको उपयोग गरी सम्पूर्ण हामी नेपालीले नेपालीहुनुको गर्भ गर्न पाइयोस । साथै सगरमाथाको देश योग भूमि हो भन्ने कुराको जानकारी सम्पूर्ण विश्वसमुदायमा पुर्याउन सम्बन्धित पक्ष लागिपरोस । सबैमा यसको समयमै चेतना भया । राष्ट्रिय योग दिवसको उपलक्षमा सबैमा यहि शुभकामना ।
(ओखलढुंगा थाक्ले–४ स्थायी घर भएका लेखक दाहाल हाल स्वामि विवेकानन्द योगा अनुसन्धान संस्थान, बैंगलोर, भारतमा एमएस्सी (योगा थेरापी) चौथो सेमेस्टरमा अध्ययनरत छन् ।)
[email protected]

प्रकाशित : माघ १, २०७३ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?